• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:58 pm

नेपालकाे 'गहना' : एक सिंगे गैडा (फाेटाेफिचर)

काठमाडाैं । एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ ।

यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।

नेपालमा सन् १९९४ देखि प्रत्येक चार वर्षमा गैंडा गणना हुँदै आएको छ । दुलर्भ वन्यजन्तुका रुपमा रहेको एकसिंगे गैंडा  पछिल्लोपटक सन् २०११ मा गरिएको गणनाको तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५ सय तीन, बर्दिया राष्ट्रिय निकुञ्जमा २४ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ७ वटा सहित नेपालमा पाँच सय ३४ वटा गैंडा भेटिएका थिए । 

गैंडाको बासस्थानमा आएको सुधार र चोरीशिकारी नियन्त्रणले गर्दा सन् २००८ को तुलनामा २०११ मा ९९ गैंडा बढेको विश्व वन्यजन्तु कोषको तथ्यांक छ ।
हाम्रा साथी दिपेन्द्र ढुंगानाले ललितपुर चिडियाखानामा रहेका गैडातर्फ लेन्स सोझ्याएका छन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

व्यवसाय गर्दै संस्कृति बचाउँदै : यसरी बन्दै छ तिहारमा बत्ती बाल्ने पाला

  • ४ कार्तिक, २०७६

भक्तपुर । हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन केहि दिनमात्र बाँकी छ ।  तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन

‘गुण्डु’ मा मखमली फूलको रौनक [फोटोफिचर]

  • ३ कार्तिक, २०७६

भक्तपुर । भक्तपुरको सुर्यविनायकबाट करिब ६ किलोमिटरको दूरि पार गरेपछि ‘गुण्डु’ गाउँ आउँछ । गुण्डु नाम सुन्नेबित्तिकै जो कोहीलाई पनि तिहारको झल्को

भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई [फोटोफिचर]

  • २ कार्तिक, २०७६

भक्तपुर । दशैं सकिएलगत्तै भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । धान पाकेपछि स्थानीयहरुको चटारो वर्षदिनको कमाई भित्र्याउनमा छ ।  धेरै