कर्णाली प्रदेशसभामा प्रश्न : सशर्त अनुदान कति हो भनेर कहिले र कसरी थाहा पाउने ?

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा स्थानीय तहलाई दिइने सशर्त अनुदानबारे जानकारी गराउन माग गरिएको छ । बैठकको शुरुमै समय लिएर प्रदेशसभा सदस्य विन्दमान विष्टले स्थानीय तहलाई दिइएको सशर्त अनुदानबारे बजेटमा उल्लेख नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘आधा बजेट आधा कार्यक्रम ल्याएर सरकारले सदनलाई गुमराहमा राख्न खोज्यो’, उनले प्रश्न गरे, ‘हामी (सांसदहरु) ले प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको सशर्त अनुदान कति हो भनेर कसरी थाहा पाउने, कहिले थाहा पाउने ?” विष्टको प्रश्नपछि सभामुख राजबहादुर शाहीले सशर्त अनुदानबारे सदनमा उठेका जिज्ञासाको आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरे ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका जिज्ञासाको जवाफ दिएका थिए । उनले कर्णालीको विकासको मुख्य आधार पर्यटन भएकाले मन्त्रालयले कार्यक्रम पनि पर्यटन क्षेत्रमै केन्द्रीत गरेको बताए । प्रदेशसभामा बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेशसभा र प्रदेश योजना आयोगका वार्षिक कार्यक्रममाथि छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर