• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 01:12 pm

विश्वकप क्रिकेट : भारत आउट, न्युजिल्याण्ड फाईनलमा

काठमाडौं । विश्वकप क्रिकेटको पहिलो सेमिफानलमा पराजित हुंदै भारत प्रगियोगिताबाट बाहिरिएको छ । न्युजिल्याण्ड विरुद्ध खराब सुरुवात गरेको भारत १८ रनले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो । २ सय ४० रनकाे लक्ष पछ्याएकाे भारत  ४ बल बाँकी छंदै  २२१ रनमा अलआउट भयो । 

भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । रवीन्द्र र धोनीले ११६ रनको साझेदारी गरे पनि भारतले खेल हारेको हो । 

२४० रनको लक्ष्य पछ्याएको भारतका लागि ओपनरद्वय रोहित शर्मा र केएल राहुल समान १ विकेटमा आउट भए । त्यसैगरी, कप्तान विराट कोहली पनि पनि १ रन बनाएर पेभेलियन फर्किन बाध्य भए ।  

भारतले चौथो विकेटका रुपमा दिनेश कार्तिकलाई गुमायो । ६ रन जोडेका कार्तिकले हेनरीको बलमा निसामबाट क्याचआउट हुन पुगेका छ ।  

मंगलबार दिउँसो वर्षातका कारण अवरुद्ध भएको खेल आज भएको थियो । मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने क्रममा ४६.१ ओभरपछि वर्षात भएपछि खेल रोकिएको थियो । 

बुधबार न्युजिल्यान्डले ५० ओभरको बाँकी खेल खेल्दै ८ विकेटको क्षतिमा २३८ रन बनाए थियाे । हिजोको खेलमा न्युजिल्यान्डले पनि खराब सुरुवात गरेको थियो । तर मध्यक्रमका ब्याट्सम्यानले खेल सम्हाल्दै न्युजिल्यान्डले भारतविरुद्ध मध्यम स्कोरको लक्ष्य प्रस्तुत गरेको थियाे । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इंग्लिस प्रिमियर लिग : लिभरपुलको अपराजित यात्रा कायम

  • ६ असोज, २०७६

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । चेल्सी घरेलु मैदानमा लिभरपुलसँग २–१ पराजित

रियलले हरायो सेभिल्लालाई

  • ६ असोज, २०७६

एजेन्सी । ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियलले मड्रिडले सेभिल्लामाथि झिनो जित निकालेको छ ।  सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियललाई

आर्सनलले एस्टन भिल्लालाई ३–२ ले पराजित गर्याे

  • ६ असोज, २०७६

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १० खेलाडीमा सीमित भएर