काठमाडौं । विश्वकप क्रिकेटको पहिलो सेमिफानलमा पराजित हुंदै भारत प्रगियोगिताबाट बाहिरिएको छ । न्युजिल्याण्ड विरुद्ध खराब सुरुवात गरेको भारत १८ रनले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो । २ सय ४० रनकाे लक्ष पछ्याएकाे भारत ४ बल बाँकी छंदै २२१ रनमा अलआउट भयो ।
भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । रवीन्द्र र धोनीले ११६ रनको साझेदारी गरे पनि भारतले खेल हारेको हो ।
२४० रनको लक्ष्य पछ्याएको भारतका लागि ओपनरद्वय रोहित शर्मा र केएल राहुल समान १ विकेटमा आउट भए । त्यसैगरी, कप्तान विराट कोहली पनि पनि १ रन बनाएर पेभेलियन फर्किन बाध्य भए ।
भारतले चौथो विकेटका रुपमा दिनेश कार्तिकलाई गुमायो । ६ रन जोडेका कार्तिकले हेनरीको बलमा निसामबाट क्याचआउट हुन पुगेका छ ।
मंगलबार दिउँसो वर्षातका कारण अवरुद्ध भएको खेल आज भएको थियो । मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने क्रममा ४६.१ ओभरपछि वर्षात भएपछि खेल रोकिएको थियो ।
बुधबार न्युजिल्यान्डले ५० ओभरको बाँकी खेल खेल्दै ८ विकेटको क्षतिमा २३८ रन बनाए थियाे । हिजोको खेलमा न्युजिल्यान्डले पनि खराब सुरुवात गरेको थियो । तर मध्यक्रमका ब्याट्सम्यानले खेल सम्हाल्दै न्युजिल्यान्डले भारतविरुद्ध मध्यम स्कोरको लक्ष्य प्रस्तुत गरेको थियाे ।
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आइतबार हुने भनिएका खेलहरु स्थगित भएका छन् । मैदान अभावले आजका खेलहरु स्थगित गरिएको अखिल
एजेन्सी । इंग्लिस प्रिमियर लिगको शनिबार राति भएको खेलमा चेल्सी पराजित भएको छ । चेल्सी बर्नमाउथसँग १–० ले पराजित भएको हो । चेल्सीलाई पराजित
काठमाडौं । स्पेनिस लिगको भर्खरै सम्पन्न खेलमा रियल सोसिडाडले लिग लिडर बार्सिलोनालाई घरेलु मैदानमा बराबरीमा रोकेको छ । खेलमा १२औं मिनेटमा
प्रतिकृया दिनुहोस