• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:58 pm

जिप दुर्घटनमा वेपत्ता भएकी गाउँपालिका उपाध्यक्ष हमालको शव २२ दिनपछि भेटियो

हुम्ला । गत असार ३ गते हुम्लामा भएको जिप दुर्घटना परी वेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सीन्धु हमाल (शाही) को शव २२ दिनपछि (बुधबार) भेटिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरका अनुसार सर्केगार्ड गाउँपालिका– ४ नागरास्थित कर्णाली नदी किनारमा उनको शव भेटिएको हो ।

प्रहरीका अनुसार उपाध्यक्ष शाहीको औँठीबाट शवको पहिचान भएको हो । उपाध्यक्षका श्रीमान धिरेन्द्र शाहीले हातको औँठीकै आधारमा शव पहिचान गरेको डिएसपी घर्तीमगरले जानकारी दिए । शव बुधबार नै परिवारको जिम्मा लगाइएको छ ।

लु १ ज ७६ नम्बरको जिप दुर्घटन हुँदा वेपत्ता भएका चालक मणि शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाई र उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौ थानकोटका मिस्त्री राजु श्रेष्ठ लगायत दश जनाको अवस्था अझै अज्ञात रहेको छ ।

घटना भएको २४ घण्टापछि सशस्त्र प्रहरी बल कुरिनटारबाट गएको गोताखोर टोलीले खोजेको थियो । तर, वेपत्ताहरुको शव भेटाउन सकेको थिएन । शव नभेटिएपछि असार ५ गते आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । सिकारुले गाडी चलाउँदा दुर्घटनामा परेको जिप १६ सीट क्षमताको रहेको थियो ।

स्थानीय लोकजंग शाहीले हेलिकप्टरबाट त्यहाँ पुर्याएको एउटा मात्रै जिप दुर्घटनापछि उक्त सडक खण्डमा यातायात सेवा स्वतः बन्द भएको छ । गाडी धनी शाहीले खार्पुनाथ यातायात प्रा।लि। मार्फत दैनिक जिप सञ्चालन गर्दै आएका थिए । खार्पुनाथ गाउँपालिका ५ को गाडी बेणु बिसौना र कैलेबालुको बीच खण्डबाट कर्णालीमा खसेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डोल्पामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते 

  • ६ कार्तिक, २०७६

डोल्पा । डोल्पामा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्युु भएको छ । भे ८ प ९१६५ को मोटरसाइकल दुर्घटनामा परेर २४ बर्षिय ज्ञानबहादुर बुढाको मृत्युु

जनकपुरबाट १० किलो अवैद्य चाँदी बरामद 

  • ६ कार्तिक, २०७६

जनकपुरधाम । जनकपुरधामबाट सशस्त्र प्रहरीले १० किलो चाँदी बरामद गरेको छ । तस्करहरुले भारत तर्फ तस्करी गर्न लागेको १० किलो अवैद्य चाँदी जनकपुरधाम

कञ्चनपुरमा फेला पर्यो अमेरीकी फौजी किरा, कृषि क्षेत्रमा चिन्ता

  • ६ कार्तिक, २०७६

काठमाडौं । भयावह रुपमा बालि सखाप पार्ने अमेरिकी फौजी किरा कञ्चनपुर मा समेत फेला परेको छ । बुधवार कञ्चनपुरको माहाकाली नगरपालिका किसानहरुले आफुले