• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भैंसेपाटीको हिरासतबाट भागेका दुई थुनुवा पक्राउ

काठमाडौं । प्रहरी हिरासतबाट फरार भएका तीन थुनुवामध्येका २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट भागेका थुनवाद्वय रुद्रलाल श्रेष्ठ र समशेर माझीलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई बौद्धको जम्बुडाँडाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । फरार रहेका  रविकुमार तिमल्सिनाको भने खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले थुनुवा फरार भएको पुष्टि गर्दै छानबिन गर्न टोली गठन गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर