• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राष्ट्रपति-प्रचण्ड २ घण्टा 'वान टु वान' वार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (केकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बुधबार अपरान्ह भेटवार्ता भएको छ । 

राष्ट्रपतिलाई भेट्न प्रचण्ड अपरान्ह ४ बजे शितल निवास छिरेका थिए । उनि झण्डै साढे ६ बजे बाहिरिएका हुन् ।
२ घण्टा लामो भेटमा समसामयीक राजनीतिका विषयमा राष्ट्रपतिज्यूले जिज्ञासा राखेको र अध्यक्ष प्रचण्डले जानकारी गराएको प्रचण्डको सचिवालयले समाचार दैनिकलाई जानकारी दिएको छ । 

राष्ट्रपति कार्यालय श्रोतका अनुसार २ घण्टा लामो छलफलमा प्रचण्ड र राष्ट्रपतिका बीचमा नेकपाको जारी एकता प्रकृया, सरकार फेरबदलका संभावना, र विप्लव समूहले बढाएको फौजी गतिविधि र आजै राष्ट्रपतिको गृहजिल्ला समेत रहेको भोजपुरमा भएको भिडन्तका विषयमा जिज्ञासा राखेकी हुन् ।

जवाफमा प्रचण्डले पार्टी एकताको काम निष्कर्शमा पुग्नै लागेको, सरकारका मन्त्रीहरु बदल्ने विषयमा प्रधानमन्त्रीले नै अन्तिम निर्णय गर्ने र विप्लव माओवादीको सक्रियतालाई सरकारले गंभिर रुपमा ह्याडिल गर्नुपर्ने कुरा गरेको श्रोतको दावी छ । 

राष्ट्रपति भण्डारीले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकि थिईन । मन्त्रिपरिषदको बैठक छोट्याएर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर