पौडेलले निर्देशन गर्ने ‘लक्का जवान’ मा प्रियंका कार्की अनुबन्धित

काठमाडौं । हास्य कलाकार शिवहरी पौडेलले केही हास्य टेलिशृङ्खला तथ निर्देशन गरिसकेका छन् ।  तर उनी अब कलाकार मात्र नभएर ठुलो पर्दाको चलचित्र निर्देशकको रूपमा पनि दर्शकमाझ आउने तयारीमा रहेका छन् । 

उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’  सह–निर्माताको रूपमा किरण र अभिनेता दिलीप रायमाझी रहनेछन् । आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ ।

बुधबार टिमले शुभ दिन शुभ साईत गर्दै अभिनेत्री प्रियंका कार्कीलाई चलचित्रमा अनुबन्धित गराएको छ । साथै चलचित्र भाद्रको पहिलो हप्तादेखि फ्लोरमा जाने तयारीमा रहेको जानकारी निर्देशक पौडठेलले फेसबसक मार्फत जानकारी दिएका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर