• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेपालमा पहिलोपटक मोएथाई प्रतियोगिता आयोजना

पाँचथर । नेपालमा पहिलोपटक मोए थाई प्रतियोगिता पाँचथर सदरमुकाम फिदिममा सुरु भएको छ । नेपालमा केही वर्षयता विकास भएको यो खेलको पाँचथरमा पहिलोपटक प्रतियोगिता नै आयोजना गरिएको छ । यो खेललाई ‘मिक्स मार्सल आर्ट’को रूपमा लिइने गरिएको छ । 

पाँचथर सदरमुकाम फिदिममा बुधबारदेखि प्रदेशस्तरीय  प्रतियोगितामा सुरु भएको हो । प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका एक सयजना खेलाडी, भारतको सिक्किमदेखि आएका अफिसियलसहितको ठुलो टोलीले प्रतियोगितामा सहभागिता जनाएका छन् । 

नेपालका लागि यौ नौलो खेल हो । त्यसैले पनि यो खेलप्रति दर्शकको आकर्षक बढेको छ । मोएथाई एसोसिएसन अफ पाँचथर नेपालले आयोजना गरेको प्रतियोगिता तीन दिनसम्म सच्चालन हुनेछ । 

थाइल्यान्डको राष्ट्रिय खेल तथा छिमेकी भारतका विभिन्न ठाउँमा विस्तार भएको उक्त खेल नेपालमा पहिलोपटक प्रतियोगिताको रूपमा आयोजना भएको हो । प्रतियोगिताको बुधबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका हुन् ।  

प्रतियोगितामा पाँच जिल्लाका खेलाडी सहभागी छन् । यीमध्ये २० जना महिला खेलाडी रहेका छन् । प्रतियोगितामा पाँचथर, झापा, उदयपुर, तेह्रथुम र इलामका खेलाडी सहभागी छन् । अफिसियल र अतिथिको रूपमा भारतको सिक्किमबाट टोली आएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर