• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

विश्वकप क्रिकेटबाट भारत आउट भएपछि के भन्छन् पाकिस्तानी क्रिकेटप्रेमी ?

बिबिसी । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएपछि विश्वभर यसको चर्चा भइरहेको छ । भारतको विश्वकप जित्ने सपना भंग भएसँगै क्रिकेटर तथा भारतीय समर्थक निराश बनेका छन् । यो निराशा अहिले सोसल मिडियामा छताछुल्ल पोखिइरहेको छ । 

यदि तपाईंले पाकिस्तानको सोसल मिडियातर्फ नजर डुलाउनुभयो भने भारतको पराजयको चर्चा पाकिस्तानमा निकै चलिरहेको देख्न सक्नुहुन्छ । 

विश्वकपमा इंल्यान्डविरुद्ध भारतको खेलमा भारतको जितको कामना गरिरहेका पाकिस्तानी समर्थक अहिले भारत विश्वकपबाट बाहिरिनुमा विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

विश्वकपमा यस्तो एउटा मौका पनि थियो जब लिग चरणबाट ‘लगभग’ बाहिरिएको पाकिस्तानी टोलीलाई इंग्ल्यान्डविरुद्धको भारतको जितको भरोसा थियो । तर, भारत इंग्ल्यान्डसँग पराजित भएसँगै पाकिस्तानको सेमिफाइनल यात्रा समाप्त हुँदै थियो । जसमा कतिपयले पाकिस्तानकाे बाटाे बन्द गर्न भारतले जानाजानी इंग्ल्यान्डविरुद्ध हारेकाे तर्क पनि गरे ।

भारतका विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी समर्थक कस्तो प्रतिक्रिया दिइहहेका छन् त ? 

पाकिस्तानका ट्विटर प्रयोगकर्ताले बिहीबार बिहान भारत र न्युजिल्यान्डको खेल तथा महेन्द्रसिं धोनीसँग सम्बन्धित ट्रेन्ड्स टपमा छन् ।

पाकिस्तानी सरकारका एक मन्त्रीले ट्विट गरेका छन्– ‘पाकिस्तानीको नयाँ प्रेमिका न्युजिल्यान्ड ।’


त्यस्तै, पाकिस्तानी समर्थक आमिर शाह लेख्छन्– ‘भारतको विकेट झर्नुको गति मेरो टाइपिङको गतिभन्दा धेरै छ ।’

 

एसम शाह अहमदले एउटा मिम सेयर गरेका छन्, जसमा लेखिएको छ– ‘द टी वाज फ्यानटास्टिक ।’

 

सो खेलमा गुप्टिलको रनआउट हुनुमा पनि मान्छेहरुले मिम सेयर गरिरहेका छन् । सइद युसुफ शाहले लेखेका छन्– ‘थ्रो रोमाञ्चक थियो ।’

 

त्यस्तै, अरबाज अली आदिलले लेखेका छन्– ‘इंग्ल्यान्डसको खेल हारेकोमा धन्यवाद महेन्द्रसिंह धोनी । नत्र, पाकिस्तानलाई सेमिफाइनलमा पराजित भएको देख्नु पर्दा धेरै दुःख हुन्थ्यो ।’

 

नोसी सत्ती नाममा एकजना प्रयोगकर्ताले दुर्घटनामा परेको भारतीय वायुसेनाको विमान र धोनीको रनआउट भएको तस्बिर ट्विटरमा सेयर गरेका छन् । उनले लेखेका छन्– ‘भारतीयलाई यी दुई लक्ष्य पार गर्न नसकेको दुःख सधैं रहिरहनेछ ।’  

 

त्यस्तै, सम्स आजादले मिम सेयर गर्दै लेखेका छन्– ‘हामी ठिकै थियौं, पिज्जा–बग्गर खाएर पनि इंग्लान्ड र न्युजिल्यान्डलाई हरायौँ ।’


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर