• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:52 pm

विश्वको सबैभन्दा जेष्ठ सरकार प्रमुख महाथिरको ९४औँ जन्मोत्सव 

क्यालालमपुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार ९४औँ जन्मोत्सव मनाएका छन् । 

अहिले सरकारको नेतृत्वमा रहेका नेताहरूमध्ये उनी सम्भवतः संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुख छन् । 

उनले अहिले दोस्रो चरणको राजनीतिक जीवनमा मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित भएको हुन् । गत मेमा भएको निर्वाचनमा उनको गठबन्धनले विजय हासिल गरेपछि उनी फेरी प्रधानमन्त्री बनेका हुन् । 

यसअघि उनले प्रधानमन्त्री भएका बेला देशका लागि अविस्मरणीय योगदान गरेर सक्रिय राजनीतिबाट टाढिँदै गएका थिए । तर देशमा भ्रष्टाचार र विकृति बढ्दै गएको भन्दै फेरी सक्रिय राजनीतिमा फर्किएका हुन् । 

उनले आफूलाई जन्मदिनको अवसरमा शुभकामना दिने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफ्नो ‘ड्रोन’ सुरक्षित फर्केको इरानको दावी

  • ३ श्रावण, २०७६

तेहरान । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन)खसालेको भनी गरेको दावी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा

अस्ट्रियामा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु

  • ३ श्रावण, २०७६

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा विमान

दक्षिण कोरियामा जापानी दूतावास अगाडी एक वृद्धले गरे आत्महत्या

  • ३ श्रावण, २०७६

सिओल । दक्षिण कोरियाको राजधानी सिओलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कुटनीतिक