• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

मेसीलाई अर्को अवार्ड, बने वर्षको उत्कृष्ट फुटबलर

इएसपिएन । केही दिन अघि ब्राजिलियत लिजेण्ड रिभाल्डोले भनेका थिए, ‘मेसी उत्कृष्ट खेलाडी सावित हुन कुनै अन्तराष्ट्रिय उपाधि पर्खिरहनु पदैन । उनले आफुलाई प्रमाणित गरिसकेका छन् ।’ बुधबार इएसपिएनले यो वर्षको उत्कृष्ट फुटबलरको उपाधि मेसीलाई दिन घोषणा गरेर रिभाल्डोको भनाइलाई नै पुष्टी गरिदिएको छ । 

मेसीले बार्सिलोनाको कप्तानी गरेर लिग जिताए, च्याम्पिएन्स लिगमा इङलिस क्लब लिभरपुलले गज्जको कमब्याक गर्दा बार्सिलोना निरास बन्यो, त्यसको असर कोपा अमेरिकामा पनि परेपछि गत वर्ष ह्याट्रिक गर्ने वार्साको सपनामा चिसो पानी खन्याईएको थियो । 

तर त्यसलाई भन्दापनि वर्षभरी खेलाडीले खेलेको खेल कौशलाई आधार मानेर इएसपिएनले उपाधि मेसीलाई नै दिने घोषणा गरेको हो ।

हालै कोपा अमेरिकामा नमिठो पराजय भोगेका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीलाइ यो अवार्डले भने राहत दएिको छ ।  यो पुरस्कार चर्चित सञ्चार संस्था ‘इएसपिएन’ले बर्सेनि दिने गर्छ । बुधबार सो संस्थाले पुरुष फुटबलतर्फको उत्कृष्ट खेलाडीको पुरस्कार ३२ वर्षीय मेस्सीलाई दिने घोषणा गरेको हो ।

सन् १९९३ बाट दिन थालिएको यो पुरस्कार हरेक वर्ष फुटबल विधाबाट वर्षकै सर्वोत्कृष्ट खेलाडीलाई दिइन्छ । 

मेस्सीले अवार्ड जित्दा उनका सदाबाहार प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डो, फ्रान्सेली युवा स्टाईकर केलियन एमबाप्पे र डच डिफेण्डर भर्जिल भान डाइकलाई पछि पारे । जसमा मेस्सी पहिलो स्थानमा रहँदा रोनाल्डो दोस्रो, एमबाप्पे तेस्रो तथा भान डाइक तेस्रोमा रहे ।

यस वर्षको बेलोन डि आरमा पनि यीनै चार खेलाडीहरुको चर्को प्रतिस्पर्धा छ । फुटबल पण्डीतहरु भन्छन् । अन्तत: यसपालीको बेलोन डि आर पनि मेसीले नै जित्नेछन् । 

अझ कतिपयले त यसपाली मेसीले बेलोन डि अर नजिले यसको औचित्यनै समाप्त हुने टिप्पणी गरेका छन् । यस्तो टिप्पणी गर्ने पूर्व खेलाडी उनै ब्राजिलियन लिजेण्ड रिभाल्डो हुन् ।

उनले भनेका छन्, ‘मेरो विचारमा यसपटक मेस्सीले बालोन डि‘ओर जित्नुपर्छ, जसले अवार्डका लागि आवश्यक सबथोक गरेका छन्,’ रिभाल्डोले भने, ‘उनले च्याम्पियन्स लिग र कोपा अमेरिका जित्न सकेनन् । तर, यो व्यक्तिगत अवार्ड हो ।’

हालै उनले एक अन्तर्वार्तामा बोल्दै मेस्सीले च्याम्पियन्स लिग र कोपा अमेरिका नजिते पनि बालोन डि‘ओरका लागि उनीजत्तिको योग्य खेलाडी अन्य कोही पनि नभएको बताएका हुन् ।

 ‘यदि उनले यसपटक पनि जित्न सकेनन् भने बालोन डि‘ओरको महत्त्व पनि सकिन्छ,’ रिभाल्डोले भने ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर