निर्माता छविराज र अभिनेत्री शिल्पाबीच कुरा मिल्यो !

फाइल तस्बिर

काठमाडौं । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । शिल्पाले छविराज विरूद्ध घरेलु हिंसा गरेको भन्दै मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । 

उजुरीपछि महानगरीय प्रहरी परिसरले छवि र शिल्पालाई बोलाएको थियो । 

छवि र शिल्पाले एकले अर्कामाथि कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि बिहिबार महानगरी प्रहरी परिसरमा उनीहरुबीच कुरा मिलेको बताइएको छ । 

निर्माता छविराजले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ ।

शिल्पाले दिएको शान्ति सुरक्षा निवेदनमा छविसँग डिभोर्स समेत मागेको हल्ला बाहिर आएको थियो । लामो अफयेरपछि शिल्पा र ओझाले २०७३ सालमा गुपचुप विवाह भएको थियो । 

आपसी विवादका क्रममा छविले हातपात गर्दा शिल्पाको कानको जाली नै फुटेको खबर आएको थियो । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले प्रहरीमा पुगेकी थिइन् । 

शिल्पा अहिले चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा बसेको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर