• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

विप्लवनिकट रेड युथफोर्स अध्यक्ष पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) लाई पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका–९ सुर्खेत निवासी शिखर विप्लव समूह निकट भ्रातृ संगठन युथफोर्सका अध्यक्ष हुन् । उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
 
विशेष सूचनाका अधारमा सुर्खेत पिपिरानजिकैको क्षेत्रमा शंकास्पद शिखरलाई प्रहरीले जाँच सुरु गरेपछि उनले प्रहरीसँग विवाद गरेका थिए । विवादका क्रममा उनलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी विप्लवका कार्यकर्ता ठहर भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । 

शिखर युथफोर्सको अध्यक्षका साथै युवा संगठन भेरी–कर्णाली ब्यूरोको सदस्यसमेत भएको जनाइएको छ । हाल सुर्खेत प्रहरीले विप्लव समूहका गतिविधिका साथै लागुऔषधलगायतका सामाजिक अपराधको तीव्र निगरानी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर