• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:58 pm

बेलायती तेल ट्यांकरमा आक्रमण गरिएको छैन : इरान

तस्विर : रोयटर्स

तेहरान । इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्यांकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ । 

इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्टामा बेलायती समेतका कुनै पनि जहाजमाथि आक्रमण नगरिएको उल्लेख छ ।

बेलायतले बिहीबार वक्तव्य प्रकाशन गरी तीन वटा इरानी डुङ्गामा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेल ट्यांकरमा आक्रमण प्रयास गरेको दाबी गरेको थियो । बेलायती युद्धपोत एचएमएस मोन्ट्रोजले इरानी आक्रमणलाई निस्तेज बनाएको पनि बेलायतको भनाई छ ।

विदेशी जहाजलाई नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले कुनै पनि विदेशी जहाजलाई तत्कालै, निर्णायक र तिब्रताका साथ गर्न सक्ने इरानले जनाएको छ ।

जिब्राल्टरको तटीय क्षेत्रबाट गत जुलाई ४ मा इरानी तेल ट्यांकरलाई बेलायतले नियन्त्रणमा लिएपछि दुबै देशबीच तनाब जारी छ । करिब २० लाख ब्यारेल तेल बोक्ने क्षमताको ग्रेस १ नामको तेल ट्याँकर बेलायती रोयल मरिनको सहयोगमा जिब्राल्टरको भन्सार र प्रहरीले नियन्त्रणमा राखेको छ ।

इरानी सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै इरानी राष्ट्रपति रौहानीले बेलायतले होर्मुजको जलक्षेत्रमा असुरक्षा बढाएको र त्यसको नतिजा बेलायतले भोग्नुपर्ने चेतावनी दिएका छन् । 

सोमबार मात्र इरानका रक्षामन्त्रीले बेलायती कदमको प्रतिबाद गरिने बताएका थिए । इरानी तेल ट्यांकरको नियन्त्रण सामुद्रिक डकैतीको संज्ञा दिँदै इरानका ब्रिगेडियर जनरल अमिर हतामीले यसलाई आफूहरुले कहिल्यै स्वीकार्न नसक्ने र त्यसको प्रतिकार गरेरै छाड्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्वका सर्वाधिक धनाढ्यमा अमेरिकीभन्दा चिनियाँको संख्या बढी

  • ६ कार्तिक, २०७६

एजेन्सी । चीनमा पहिलोपटक धनाढ्यको संख्या अमेरिकाको भन्दा बढी पुगेको छ । ‘फाइनान्सियल सर्भिसेज कम्पनी क्रेडिट सुइस’को सोमबार जारी एक

८७ देशका नियोग प्रमुखद्वारा भारतको ‘गोल्डेन टेम्पल’ अवलोकन

  • ६ कार्तिक, २०७६

अमृतसर । विभिन्न ८७ देशका वैदेशिक नियोगका प्रमुखहरूले ‘गोल्डेन टेम्पल’ को दर्शन गर्न अमृतसार पुगेको मन्दिर व्यवस्थापनले मङ्गलबार जनाएको छ

ब्राजिलका राष्ट्रपति बोल्सोनारो चीन जाने

  • ६ कार्तिक, २०७६

बेइजिङ । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आएने भएका