• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:49 pm

सेयर कारोबार रकम ११ करोडले घट्यो

काठमाडौं ।  साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ । मंगलबार सामान्य घटेको नेप्से आज पनि सकारात्मक रहन सकेन छ ।आज नेप्से सुचक शुनय दशमलव ६२ अंकले घटेर १ हजार २ सय ४८ दशमलव ५३ को बिन्दुमा बजार बन्द भएको हो । 

सुचक घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १७२ कम्पनीको ४६ करोड ३६ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजारमा १६८ कम्पनीको ५७ करोडमाथिको सेयर कारोबार भएको थियो । 

बिहीबार सर्वाधिक सेयर किनबेच हुनेमा नेपाल बैंक रहेको छ । बैंकको ५ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै कारोबार रकमकै आधारमा दोस्रो र तेस्रोमा स्थानमा क्रमशः शिवम् सिमेन्ट र सिभिल बैंक रहेका छन् ।

यसदिन बैंकिङ र जलविद्युत बाहेकका सबै समूह घटेका छन् । आज बैंकिङ समूह १ दशमलव ९ अंकले बढेको छ भने जलविद्युत समूह १ दशमलव २७ अंकले उक्लिएको छ । यता, आज सबैभन्दा बढी होटेल समूहको सूचक २० दशमलव ४४ अंकले घटेको छ । 
 
सर्वाधिक कमाउनेमा भने आज नाडेप लघुवित्तका सेयरधनी रहेका छन् । कमपनीको सेयर भाउ ४ दशमलव ७३५ प्रतिशतले बढेको छ भने सर्वाधिक गुमाउनेमा मल्टिपर्पोज फाइनान्सका लगानीकर्ता रहेका छन् । फाइनान्स सेयर मुल्य ५ दशमलव ६७५ प्रतिशतले घटेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शोधनान्तर घाटा ९० अर्ब नाघ्यो

  • ३ श्रावण, २०७६

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को पहिलो एघार महिनामा शोधनान्तर घाटा ९० अर्ब ८३ करोड रुपैयाँ रूपैँया पुगेको छ । देशबाट भित्रने भन्दा बाहिरिने रकम बढी

आर्थिक पत्रकार संघको प्रदेश कमिटि गठन 

  • ३ श्रावण, २०७६

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ३ नम्बर प्रदेश कमिटि गठन गरिएको छ । आर्थिक पत्रकारहरुको संस्था नाफिजको शुक्रबार भएको प्रदेश स्तरीय

१७ प्रतिशतले बढ्यो रेमिट्यान्स, एघार महिनामा झण्डै ८ खर्ब भित्रियो

  • ३ श्रावण, २०७६

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो गत आर्थिक बर्षको