सेयर कारोबार रकम ११ करोडले घट्यो

काठमाडौं ।  साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ । मंगलबार सामान्य घटेको नेप्से आज पनि सकारात्मक रहन सकेन छ ।आज नेप्से सुचक शुनय दशमलव ६२ अंकले घटेर १ हजार २ सय ४८ दशमलव ५३ को बिन्दुमा बजार बन्द भएको हो । 

सुचक घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १७२ कम्पनीको ४६ करोड ३६ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजारमा १६८ कम्पनीको ५७ करोडमाथिको सेयर कारोबार भएको थियो । 

बिहीबार सर्वाधिक सेयर किनबेच हुनेमा नेपाल बैंक रहेको छ । बैंकको ५ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै कारोबार रकमकै आधारमा दोस्रो र तेस्रोमा स्थानमा क्रमशः शिवम् सिमेन्ट र सिभिल बैंक रहेका छन् ।

यसदिन बैंकिङ र जलविद्युत बाहेकका सबै समूह घटेका छन् । आज बैंकिङ समूह १ दशमलव ९ अंकले बढेको छ भने जलविद्युत समूह १ दशमलव २७ अंकले उक्लिएको छ । यता, आज सबैभन्दा बढी होटेल समूहको सूचक २० दशमलव ४४ अंकले घटेको छ । 
 
सर्वाधिक कमाउनेमा भने आज नाडेप लघुवित्तका सेयरधनी रहेका छन् । कमपनीको सेयर भाउ ४ दशमलव ७३५ प्रतिशतले बढेको छ भने सर्वाधिक गुमाउनेमा मल्टिपर्पोज फाइनान्सका लगानीकर्ता रहेका छन् । फाइनान्स सेयर मुल्य ५ दशमलव ६७५ प्रतिशतले घटेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर