• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:53 pm

शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न डा. केसीको माग

काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन् । 

चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै आन्दोलन गर्दै आएका डा. केसीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आयोगको उपाध्यक्ष चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै तत्काल सो प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन् । 

योग्य मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने गरी सो आयोगको उपाध्यक्ष छनोट गर्नुपर्ने भएकाले हाल अघि बढाएको प्रक्रिया खारेज गर्न सरकारसँग माग गरेको उनले बताए । डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्न सरकारलाई सचेत पनि गराए । उनले त्यसो नगरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन् । 

पत्रकार सम्मेलनमा डा. केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको ऐनसँग सम्बन्धित विधेयक आमनागरिकको मुख थुन्ने गरी आएको दाबी गर्दै तत्काल खारेज गर्न पनि सरकारलाई दबाब दिएका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काठमाडौं र ललितपुरमा रगत अभाव

  • ६ कार्तिक, २०७६

काठमाडौं । काठमाडौं र ललितपुर जिल्लामा रगत अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले सहज रूपमा रगत उपलब्ध

चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण 

  • ४ कार्तिक, २०७६

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो । आयोगको  असोज १ र ३० गतेको बसेको बैठकले नयाँ

टिचिङ अस्पतालमा तेस्रोपटक सफल कलेजो प्रत्यारोपण

  • २ कार्तिक, २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा तेस्रोपटक सफल रुपमा कलेजो प्रत्यारोपण भएको छ । शुक्रबार राति अस्पतालका सर्जन डा. रमेशसिंह