• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

१८ वटा कुकुरले आफ्नै मालिकलाई खाए !

तस्विर : न्युज१८

एजेन्सी । अमेरिकाको टेक्सासमा एक महिनादेखि बेपत्ता एक व्यक्तिलाई उसैले पालेको १८ वटा कुकुरले खाएको अमेरिकी अधिकारीले जनाएका छन् । 

कुकुरको मलमा भेटिएको हड्डीको टुक्राको डिएनए परिक्षण गराउँदा ५७ वर्षीय फ्रेडी म्याकको रहेको पत्ता लागको मंगलबार मेडिकल परिक्षकले जनाएका छन् । 

विभिन्न प्रजातिका १८ वटा कुकुरले कपडा र कपालसहित म्याकको पुरै शरीर खाएको र २ देखि ५ इन्चसम्मका हड्डीका टुक्रा बाहेक केही पनि बाँकी नराखेको एक अधिकारीले जनाएका छन् । 

केही समयदेखि म्याक निक्कै बिरामी अवस्थामा रहेका कारण उनलाई कुकुरले मारेर खाए वा उनको मृत्युपछि शवलाई खाए भन्नेबारे स्पष्ट हुन नसकेको बताइएको छ  । 

गत मे महिनामा एक आफन्तले म्याक बेपत्ता भएको सुचना दिएका थिए । त्यस्तै गत अप्रिलदेखि म्याकका परिवारले उनलाई नदेखेको ती आफन्तले बताएका छन् । 

म्याकका आफन्तले उनको घर गएर उनको खबर बुझ्न खोज्दा कुकुरले रोकिदिए । कुकुरको ध्यान अन्तै मोडेर जब सरकारी अधिकारी म्याकको घर पुगे, उनीहरुले म्याकलाई भेटेनन् र फर्किए । 

यद्यपि, घासमाथि मानव कपाल, हड्डी र कपडा उनीहरुले भेटे । ती हड्डीको टुक्रालाई डिएनए परिक्षण गरिेयो र त्यो म्याककै हो भन्ने पत्ता लाग्यो ।

म्याकले पालेका १८ वटा कुकुरमध्ये दुई आफ्नै साथीहरुले मारे, बाँकी १३ वटालाई उनीहरुको आक्रामक व्यवहारका कारण मारियो र अन्य तीनलाई पाल्नका लागि अन्यत्रै लगियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर