हिमालय एयरलाइन्सको ढाकामा सीधा उडान

काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट बंगलादेशको ढाका सिधा उडान गर्ने भएको छ । एयरलाइन्सले साउन ६ गतेदेखि ढाका उडान गर्न लागेको जानकारी दिएको छ । 

एयरलाइन्सले  १५० इकोनोमी क्लास र ८ प्रिमियम इकनोमी क्लास सीट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ बाट उडान थाल्न लागेको बताएको छ । एयरलाइन्सले हप्ताको तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने तयारी कम्पनीको छ । 

यस उडानबाट बंगलादेश र नेपालका व्यावसायिक यात्रु तथा घुमघाममा जाने यात्रु लाभान्वित हुने कम्पनीले उल्लेख गरेको छ । बंगलादेश धेरै नेपाली विद्यार्थी भएको मुलुक पनि हो । साथै, बंगलादेशबाट पनि ठूलो संख्यामा पर्यटन नेपाल भ्रमणमा आउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर