• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ट्वीटरमा नयाँ नियम : हटाइनेछन् यस्ता ट्विटहरु

एजेन्सी । माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटफर्ममा नयाँ नियम लागु गरेको छ, जसको उद्देश्य घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन रहेको छ ।

अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको छ । 

आफ्नो यो नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ ।

‘नयाँ लागू भएको नियम उल्लंघन गर्ने ट्वीटर प्रयोगकर्ताका ट्वीट हटाइने ट्विटरले बताएको छ । यद्यपी, त्यस्ता अकाउन्टहरु निलम्बन भने गरिनेछैन । 

एक ब्लग पोष्टमा ट्वीटरले आफ्नो नयाँ नियम उल्लंघन गर्ने केही ट्वीटको उदाहरणसमेत दिएको छ ।

यसअघि सामाजिक सञ्जाल फेसबुक र युट्युबले पनि जाति, धर्म तथा समुदायप्रति लक्षित घृणाजन्य तथा अमानवीय सामाग्रीहरुमाथि बन्देज लगाउने नीति यसअघि नै लागू गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर