• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:55 pm

बुटवलमा तलेजु भवानी माताको मुर्ति प्राण प्रतिष्ठा 

बुटवल । बुटवल–१ शिखर देउराली स्थित स्व श्रीधर श्रेष्ठ स्मृति पार्कमा नवनिर्मित न्हायतात खलर कूल पूजा मन्दिरको उद्घाटन तथा तलेजु भवानी माताको मुर्ति प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ ।

पिता श्रीधर श्रेष्ठ स्मृतिमा उनको पुत्र महेश श्रेष्ठले उत्त मन्दिर निर्माण गरेका थिए । सो अबसरमा मन्दिर परिसरमा बृहत वृक्षारोपण समेत गरिएको थियो । सोहि अबसरमा बिहान तलेजु भवानी माताको मुर्ति सहित 

अन्य देव देवताको मुर्ति सजाएर नेवा पुच बुटवल र तिलोत्तमा नेवा महिजुद्धारा  नेवारी वाजा गाजा सहित नगर परिक्रमा समेत गरिएको थियो ।

न्हायतात खल का अध्यक्ष अर्जुन कुमार, सस्थाका सचिव सितु प्रसाद श्रेष्ठले मन्दिरका  बारेमा चर्चा गरेका थिए ।  उक्त कार्यक्रममा बुटवल उद्योग वाणिज्य सघका पुर्व अध्यक्ष जीवन ओझाले स्वर्गिय श्रीधर प्रसाद श्रेष्ठले सामाजिक काममा पु¥याएकोे योगदानको चर्चा गरेका थिए । बटैली सरक्षण तथा सम्बर्धन समितिका अध्यक्ष रविन्द्र गोपाल लाकौलले न्हायाताहा परिवारले तानसेन  कैलाशनगर , दोभान र कुटवलमा गरेको सामाजिक निर्माणका कार्यहरु प्रशासायोग्य रहेको  र अन्यका लागि समेत प्रेरणादायि रहेको वताए ।

बुटवल उपमहानगरपिलकाका वडा न १ का अध्यक्ष महेन्द्र लिगलले बुटवलको शिरको रुपमा रहेको बुटवल १ मा निर्मित तलेजु भवानी मन्दिरले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने वताए । पुरानो बटौलीको बिकासमा सबैको हातेमालो जरुरी रहेको उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डोल्पामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते 

  • ६ कार्तिक, २०७६

डोल्पा । डोल्पामा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्युु भएको छ । भे ८ प ९१६५ को मोटरसाइकल दुर्घटनामा परेर २४ बर्षिय ज्ञानबहादुर बुढाको मृत्युु

जनकपुरबाट १० किलो अवैद्य चाँदी बरामद 

  • ६ कार्तिक, २०७६

जनकपुरधाम । जनकपुरधामबाट सशस्त्र प्रहरीले १० किलो चाँदी बरामद गरेको छ । तस्करहरुले भारत तर्फ तस्करी गर्न लागेको १० किलो अवैद्य चाँदी जनकपुरधाम

कञ्चनपुरमा फेला पर्यो अमेरीकी फौजी किरा, कृषि क्षेत्रमा चिन्ता

  • ६ कार्तिक, २०७६

काठमाडौं । भयावह रुपमा बालि सखाप पार्ने अमेरिकी फौजी किरा कञ्चनपुर मा समेत फेला परेको छ । बुधवार कञ्चनपुरको माहाकाली नगरपालिका किसानहरुले आफुले