बुटवलमा तलेजु भवानी माताको मुर्ति प्राण प्रतिष्ठा 

बुटवल । बुटवल–१ शिखर देउराली स्थित स्व श्रीधर श्रेष्ठ स्मृति पार्कमा नवनिर्मित न्हायतात खलर कूल पूजा मन्दिरको उद्घाटन तथा तलेजु भवानी माताको मुर्ति प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ ।

पिता श्रीधर श्रेष्ठ स्मृतिमा उनको पुत्र महेश श्रेष्ठले उत्त मन्दिर निर्माण गरेका थिए । सो अबसरमा मन्दिर परिसरमा बृहत वृक्षारोपण समेत गरिएको थियो । सोहि अबसरमा बिहान तलेजु भवानी माताको मुर्ति सहित 

अन्य देव देवताको मुर्ति सजाएर नेवा पुच बुटवल र तिलोत्तमा नेवा महिजुद्धारा  नेवारी वाजा गाजा सहित नगर परिक्रमा समेत गरिएको थियो ।

न्हायतात खल का अध्यक्ष अर्जुन कुमार, सस्थाका सचिव सितु प्रसाद श्रेष्ठले मन्दिरका  बारेमा चर्चा गरेका थिए ।  उक्त कार्यक्रममा बुटवल उद्योग वाणिज्य सघका पुर्व अध्यक्ष जीवन ओझाले स्वर्गिय श्रीधर प्रसाद श्रेष्ठले सामाजिक काममा पु¥याएकोे योगदानको चर्चा गरेका थिए । बटैली सरक्षण तथा सम्बर्धन समितिका अध्यक्ष रविन्द्र गोपाल लाकौलले न्हायाताहा परिवारले तानसेन  कैलाशनगर , दोभान र कुटवलमा गरेको सामाजिक निर्माणका कार्यहरु प्रशासायोग्य रहेको  र अन्यका लागि समेत प्रेरणादायि रहेको वताए ।

बुटवल उपमहानगरपिलकाका वडा न १ का अध्यक्ष महेन्द्र लिगलले बुटवलको शिरको रुपमा रहेको बुटवल १ मा निर्मित तलेजु भवानी मन्दिरले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने वताए । पुरानो बटौलीको बिकासमा सबैको हातेमालो जरुरी रहेको उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर