• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:05 pm

दक्षिण अमेरिकामा भ्रष्टाचार मुख्य समस्या : मूडीज

मेक्सिको सिटी । दक्षिण अमेरिकाको खुलेआम तथा अनियन्त्रित भ्रष्टाचार नै यस क्षेत्रको आर्थिक प्रतिस्पर्धात्मक क्षमताका लागि मुख्य बाधक रहेको विश्व प्रसिद्ध क्रेडिट रेटिङ एजेन्सी मूडीजले जनाएको छ ।

दक्षिण अमेरिकाको अर्थतन्त्रमा भ्रष्टाचार बाहेक अरू पक्ष पनि उत्तिकै जल्दाबल्दा रहेको जनाउँदै बुधबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा मूडीजले विश्वव्यापी रुपमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, पूँजी आप्रवाहमा न्यूनता, प्रविधिमा हुने खललता र घट्दो असमानता पनि जिम्मेवार रहेको बताएको छ । 

तर कच्चा सामग्रीको मूल्यमा आएको गिरावट र अस्थिर पूँजी लगानीका बाबजुद समग्र दक्षिण अमेरिकी क्षेत्रको क्रेडिट परिदृश्य तुलनात्मक रुपमा स्थिर रहेको मूडीजले जनाएको छ ।

प्रतिवेदनमा कच्चा सामग्रीको मूल्य अस्थिरताले खानी उद्योग, तेल र ग्यास क्षेत्रमा लगानीको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गरेको उल्लेख छ ।

नवीन प्रविधिको प्रयोगले दक्षिण अमेरिकी मुलुकहरु खासगरी अर्जेन्टिना, ब्राजिल, चिली र मेक्सिकोका उद्योगहरुमा व्यापक रुपान्तरण भइरहेको मूडीजको प्रतिवेदनमा जनाइएको छ ।

तर, पर्याप्त निगरानीको अभावमा प्रविधिको प्रयोगले दक्ष र अदक्ष कामदारबीचको विभेद् बढाउने एवं आर्थिक वृद्धिलाई अवरुद्ध तुल्याउन सक्छ । 

गत अप्रिलमा अन्तर्राष्ट्रिय मुद्राकोषले आगामी दुई वर्षसम्म दक्षिण अमेरिकाको आर्थिक वृद्धिदर कम हुने प्रक्षेपण गरिसकेको छ । प्रतिवेदनमा यस वर्ष दक्षिण अमेरिकाको आर्थिक वृद्धि करिब १।४ प्रतिशत र अर्को वर्ष २।४ प्रतिशत मात्र हुने आँकलन गरेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अस्ट्रियामा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु

  • ३ श्रावण, २०७६

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा विमान

दक्षिण कोरियामा जापानी दूतावास अगाडी एक वृद्धले गरे आत्महत्या

  • ३ श्रावण, २०७६

सिओल । दक्षिण कोरियाको राजधानी सिओलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कुटनीतिक

जापान : क्योतो एनिमेसन स्ट्डियो आगलागीमा मृत्यु हुनेको संख्या ३३ पुग्यो

  • ३ श्रावण, २०७६

एजेन्सी । जापानको क्योतो एनिमेसन स्टुडियो आगलागीमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । क्योतो शहरमा रहेको उक्त स्टुडियोमा भएको आगलागीमा दर्जनौं