• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:42 pm

विप्लव समुहका ब्यूरो सदस्यसहितलाइ प्रचण्डले गरे नेकपामा स्वागत

ललितपुर । विप्लव समुहका मेची–कोशी ब्यूरो सदस्य तथा झापा जिल्ला इन्चार्ज एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताएका छन् ।

अध्यक्षले बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समुहहरु एक जुट भई यो महान् उद्देश्य पुर गर्न लाग्नु पर्ने बताएका हुन् । ‘कम्युनिष्ट पार्टीको झण्डा मुनी रहेका साथीहरुलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धि तिर देशलाई लैजान सकिन्छ, उनले भने, ‘ हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो । हामी एकजुट हुँदा नै हामी बलियो हुने हो ।’ जो जहाँ ब्यूँझियो त्यहिँबाट उठेर हिँड्ने हो, सबै ब्यूँझाउँछु भन्न थाल्दा सम्भव नहुने उहाँको भनाई थियो ।

प्रवेश गर्नेहरू

उहाँले भन्नुभयो, ‘हामीले विशाल पार्टीको आधार तयार गरिएको छ, यहाँ सबै अट्छन् ।’ अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका बरिष्ठ नेताहरुलाई पनि नेकपामा आउन आव्हान गर्नुहुँदै उहाँहरुको योगदानको कदर नेकपामा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बिचार त्याहाँ दुःख गरेर केही हुनेवाला छैन । कोही लेखेर बस्नुहुन्छ, कोही सहित्य, कोहीले कला संस्कृति, कोही दर्शनशास्त्र र कोहीले सौन्दर्यशास्त्रका बिषयमा लेखेर बस्नुहुन्छ ।’

पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आउनुभएको मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इन्चार्ज सौगात आचार्यले आफूहरुले हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने कुरा आफूहरुलाई नलागेको बताउनुभयो ।

उहाँले जुन व्यवस्था ल्याए पनि फेरि युद्ध गर्ने र मानिस मर्ने नभए हुन्थ्यो भन्ने जनताले आफूहरुलाई दिएको सुझावका कारण आफूहरु शान्तिपूर्ण राजनीतिमा आएकाृ बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अख्तियारको निष्कर्ष : गृह प्रशासनका कर्मचारी सबैभन्दा बढी घुस्याहा

  • ३ श्रावण, २०७६

काठमाडौं ।  गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस

पत्रकारले तथ्याङ्कअनुरुप मात्रै समाचार लेख्नुपर्छ : सभामुख महरा

  • ३ श्रावण, २०७६

काठमाडौं । सभामुख कृष्णबहादुर महराले तथ्यअनुरुप समाचार लेख्न पत्रकारलाई सुझाव दिएका छन् । संसदीय संचारको अभिवृद्धिका लागि आयोजित अन्तरसंवाद

धनगढी विष्फोटमा घाइते मध्ये एककाे मृत्यु

  • ३ श्रावण, २०७६

कैलाली – कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका