फलफूल र तरकारीको जाँच बुटवलमा, प्रयोगशालामा जनशक्तिको अभाव 

बुटवल । बुटवलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला प्रदेश सरकारले सञ्चालनमा ल्याए संगै भारतबाट नेपाल ल्याइने तरकारी तथा फलफूलको जाँच विहीबारबाट शुरु भएको छ । केन्द्र सरकार मातहत रहेको प्रयोगशाला सञ्चालन गर्न प्रदेश पाँच सरकारले मंगलवार प्रदेश कृषि निर्देशनालयबाट एक जना दक्ष जनशक्ति खटाएको थियो । जनशक्ति कम रहेको अवस्थामा पनि बिहिवारबाट भारतबाट भित्रिने तरकारी तथा फलफूलको नमुना परिक्षण थालिएको छ ।  प्रयोगशालामा खटिएका बालि संरक्षण अधिकृत रामवहादुर खत्रीका अनुसार बिहिवार नेपाल भारत सीमा नाका सुनौली हुदै नेपालमा ल्याइन लागेका फलफूल तथा तरकारीमा विषादी परिक्षणका लागि बुटवलमा  ल्याइएको छ । 

प्रदेश पाचको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले केन्द्र सरकारसग समन्वय गरेर प्देश सरकारले प्रयोगशाला सञ्चालन गरेको भन्दै आवश्यक जनशक्ति थप गरिने बताइन । यो प्रयोगशाला कर्मचारीको अभावमा दुइ महिनादेखि वन्द अवस्थामा रहेको थियो । बुटवलमा २०७३ सालमा स्थापना भएको प्रयोगशाला राम्रो अवस्थामा रहेको प्रवाधिकहरु बताउँछन । गत बैशाख २० गतेसम्म चेकजाचका काम हुदै आएकोमा त्यस यता कर्मचारीको अभावमा वन्द अवस्थामा थियो । 

यहा रहेका २ जना प्राविधिक कर्मचारी समायोजनको प्रक्रियामा अनेत्रै खटिएका थिए । यहाका पूर्व कर्मचारी बालि संरक्षण अधिकृत रामवहादुर खत्रीे पुनःयही खटाइएको छ । प्रदेश कृषि निर्देशनालयबाट पयोगशालामा उनी खटिएपछि मंगलवार तथा बुधवार केही फलफूल तथा तरकारी परिक्षण गरिएको थियो । 

बुटवलमै रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रका केही फलफूल र तरकारीका नमुना जाच गरिएको थियो ।  भारतबाट भित्रिने तरकारी तथा फलफूलहरुको चेकजाच ब्यवस्थीत गर्न  ५ जना जनशक्ति आवश्यक हुने बताइन्छ । बुटवलमा रहेको प्रयोगशालामा आधा घण्टा भित्रमा विषदी जाच गरेर रिपोर्ट दिन सकिने क्षमताका मेसिनरी उपकरण प्रयोगशालामा रहेका छन् । 

बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिकान अध्यक्ष कलाधर पन्थी उपभोक्ताले फलफूल तथा तरकारी खादा ढुक्क भएर खाना पाउने अवस्था सिर्जना गर्न यस्ता प्रयोगशाला सञ्चालन हुनु र  जाच अनिवार्य गर्नु नै उपयुक्त हुने उनको तर्क छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर