• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

उपाधिका लागि इङ्ल्यान्ड र न्यूजिल्याण्ड भिड्ने, अष्ट्रेलिया आउट

एजेन्सी । होम ग्राउण्ड र होम क्राउडको फाइदा उठाउँदै आयोजक इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइन खेलमा साविक विजेता अष्ट्रेलियालाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो ।

यो संगै अब इङ्ल्यान्ड र न्युजिल्याण्डबीच फाईनल भिडन्त हुने पक्का भएको छ । दुईमध्य जसले जितेपनि त्यो विश्वकप उपाधि जित्ने नयाँ देश हो ।

फाइनल भिडन्त आइतबार हुनेछ ।  न्युजिल्यान्ड भारतलाई हराएर बुधबार  फाइनलमा पुगेको हो ।

अष्ट्रेलियाले दिएको दुई सय २४ रनको सामान्य लक्ष्य इङ्ल्यान्डले ३२।१ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो । इङ्ल्यान्डको जितमा जासन रोयले सर्वाधिक ८५ रन बनाए । जोय रुटले अविजित ४९ र कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए । जोनी बरिस्टोले ३४ रन बर्ना । अष्ट्रेलियाका मिचेल स्टार्क र पाट कुमिन्सले एक एक विकेट लिए  यससँगै मिचेलले विश्वकपमा सर्वाधिक २७ विकेट लिने खेलाडीको किर्तिमान रचेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै दुई सय २३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्बाकिक ८५ रनको अर्धशतकीय इनिङ खेले । खराब सुरुवात गरेको अष्ट्रेलियाले मात्र १५ रन जोड्दा तीन विकेट गुमाएको थियो ।

पूर्व कप्तान स्मिथले चौथो विकेटका लागि एलेक्स केरीसँग एक सय तीन रनको साझेदारी गरेका थिए । केरी ४६ रनमा आउट भए । मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रन बनाए । अष्ट्रेलियालाई सस्तैमा समेट्न इङ्ल्यान्डका क्रिस वोक्स र आदील रशिदलेतीन तीन विकेट लिए । जोफ्रा आर्चरले दुई विकेट लिएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर