• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

यति एयरलायन्सको विमान दुर्घटना

फाइल फाेटाे

काठमाडौं । यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षेति भने भएकाे छैन । 

नेपालगञ्जबाट यात्रु लिएर काठमाडाैं आएको एटीआर–७२ विमान केहीबेर अघि धावनमार्गमा चिप्लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार विमान धावन मार्गमा चिप्लिएको पनि विमानमा रहेका २ जना यात्रु  घाइते भएकाे र अन्सय कुशल रहेका छन् । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए ।

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले अन्य विमानकाे उडान तथा  अवतरणअवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले बताए 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर