• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेकपाका दुई अध्यक्षलाई योगेशको सुझाव : निर्मम समिक्षा गर्नुस् [भिडियोसहित]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायि समिति सदस्य तथा युवा नेता योगेश भट्टराईले आफू मन्त्री बन्ने कुरा प्रधानमन्त्रीमै निहित हुने कुरा भएको बताएका छन् । 

समाचार दैनिकको स्टुडियोमा कुराकानी गर्दै नेता भट्टराईले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनःगर्ठन गर्ने मुडमा रहेको विभिन्न संचारमाध्यमबाट बुझिएको उनले बताए ।

उनले अध्यक्षद्वय लगायतका नेताहरुलाई भेट्दा अब पार्टीलाई कसरी अघि बढाउने, सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा दुई अध्यक्षले निर्मम समिक्षा गर्नपर्ने भन्ने गरेकाे बताए । दुई अध्यक्षले समिक्षा गरि अघि नबढे देश नबन्ने नेता भट्टराईको तर्क छ ।

समाचार दैनिकसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

यहाँ समेत मन्त्री बन्ने हुनुहुन्छ भन्ने चर्चा छ । कतिपय स्रोतहरुले पनि त्यस्तै बताउँदै आएका छन् । त्यसका लागि यहाँलाई हामीले बधाई दिने बेला भएको हो ? 

–यो चर्चा भएको त दुई वर्ष भयो । 

पछिल्लो चरणमा अझै बाक्लो भएको छ ?
–मेरो विषयमा यस्तो चर्चा भइरहन्छ । तर, के छ भने अब प्रधानमन्त्री मै निहित हुने कुरा हो ज्यादा । प्रधानमन्त्री पुनःगर्ठनको मुडमा हुनुहुन्छ भन्ने कुरा पनि न्युजहरुबाट बुझिन्छ ।

अब, स्पष्ट संग प्रधानमन्त्रीलाई पनि भनेको छु, पार्टी अध्यक्ष प्रचण्डलाई पनि भनेको छु, पार्टीको एउटा शीर्षस्थ नेतृत्वकोे तहमा भन्ने गरेको छु, अब पार्टी कसरी अघि बढाउने, मुलुकलाई कसरी अघि बढाउने, सकारलाई कसरी अघि बढाउने, सरकारमा देखिएका समस्या कसरी हल गर्ने, पार्टीमा देखिएका समस्या कसरी हल गर्ने भन्ने लगायतका सम्बन्धमा शीर्ष नेताहरुको बीचमा र सिंगो पार्टीमा राम्रो समझदारी बन्छ  भने हामी जुनसुकै ठाउँमा बसेर भूमिका निर्वाह गर्दा हुन्छ ।

प्रधानमन्त्री ज्युले त यहाँ अझ अतिरिक्त माया गनुहुन्छ ? निर्वाचन ताका पनि जनतालाई तिमिहरु जिताएर पठाउ, उहाँलाई मन्त्री बनाउने काम मेरो हो भन्नुभएर घोषणा गर्नुभएको थियो । त्यसैले पनि यहाँको संभावना बढी छ भनेर चर्चा छ नी ? 

-प्रधानमन्त्री जी संग पनि र अरु नेताहरुसंग पनि मेरो व्यक्तिगत सम्बन्ध बिग्रनपर्ने मेरो कुनै कारण छैन् । वर्तमान प्रधानमन्त्रीसंग त म २०४२ साल तिर जेलमा संगै बसेको हुँ । म सानो विद्यार्थी कार्यकर्ताको हिसाबले जेल बसेको थिएँ । उहाँ लामो राजनीतिक जीवन बिताइसक्नुभएको थियो जेलमा ।

त्यतिबेला हामीले एउटा राम्रो अभिभावकको रुपमा उहाँ लगायत आर के मैनाली लगायत अरु नेताहरु हुनुहुन्थ्यो । अहिलेपनि त्यही हिसाबले भन्ने हो भने पुराना सम्बन्धहरुले पनि आजका सम्बन्धहरुलाई नविकरण गरिरहेका छन् । 

 हामीले बुझ्न खोजेको, दुई नेताको बीचमा लामो समझदारी बनिसकेपछि मात्रै यावत काम गर्ने हो या नेकपाको एकता प्रक्रिया अझै पनि टुंगिएको छैन । त्यसलाई टुंगाउन के को समस्या हो ? 

पार्टी एकताका धेरै काम सकिक्यो । एकता चाँडै टुंगिसक्थ्यो । तर, हाम्रा पार्टी अध्यक्षहरुले जुन तहबाट टुंगाउन खोज्ुनु भयो । त्यो पाटो गलत छ । त्यसैले हामीले अध्यक्षहरुलाई पटक पटक बैठकमा पनि र अनौपचारीक भेटघाटमा पनि भनेका छौं, यो बाटो नै बदल्नु्स । उहाँहरुले केही मात्रामा बाटोब बदल्नु भयो ।  त्यही बाटो बदलेको कारणले नै जिल्ला तहको एकता टुंगियो । 

उहाँहरुले पार्टीभित्रको अवस्था बुझेर केही लचकता अपनाउनुभयो । पार्टीको अवस्था दुवै अध्यक्षले बुझेको कारणले मेरो विचारमा यो आउने हप्तामा पार्टीका ४४१ जना केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टीका आयोगहरु लगायतका विषयमा कार्यविभाजन हुन्छ । आगामी हप्ता पार्टीको संगठनात्मक हिसाबले यो सबै काम टुंगिन्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर