• बुधबार ११-१४-२०७६/Wednesday 02-26-2020/ 05:58 am

अस्पतालबाटै नवजात शिशु हराएपछि.....

बेझाड । लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ । तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी थिइन् । अर्धचेत अवस्थामा रहेकी जमुनालाई आमाले झोलिलो खानेकुरा लिन क्यान्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन् ।

 उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने बाहनामा सँगै गएको उनकी आमाको भनाइ छ । अपरिचित महिलाले शिशु आफूले अस्पतालको कक्षमा ल्याइदिने बाहना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान पठाएको बताइएको छ ।

 छोरीसँग पुगेको केही समयसम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको हो । सो घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

यौन क्षमतामा कमी हुनाले शाहाकारी हुन डराउँछन पुरुष !

  • १३ फाल्गुण, २०७६

एजेन्सी । खाने कुरालाई विभाजन गर्ने हो भने मानिसहरु विशेष शाहाकारी र मांशाहारी भनेर छुट्याउने गर्छन । तर आजकाल एक शब्द निकै चर्चामा छ त्यो हो

प्रायः महिलाहरुमा पाठेघरको मुखको क्यान्सर

  • १२ फाल्गुण, २०७६

झापा  । वरिष्ठ नर्सिङ अधिकृत शशीकला राईले महिलाहरुको पाठेघरमा हुने विभिन्न किसिमका क्यानसरमध्ये ४० प्रतिशतमा सर्भिक्स अर्थात पाठेघरको मुखको

दक्षिण कोरियामा काेरोनो संक्रमितको संख्या एकै दिनमा दोब्बर पुग्यो

  • १० फाल्गुण, २०७६

एजेन्सी । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमित मानिसको संख्या दोब्बर पुगेको त्यहाका अधिकारीहरूले बताएका छन् । शुक्रवारयता थप २२९ जनामा