• बुधबार ११-१४-२०७६/Wednesday 02-26-2020/ 07:16 am

वैकल्पिक मोटरेवल पुल निर्माण सम्पन्न 

कास्की । पोखरा महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरी नारायणथान मन्दिरस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माण गरिएको छ । 

पृथ्वीराजमार्ग हुँदै गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने तथा यहाँबाट बाहिर जानका लागि वर्षौंअघि निर्माण भएका पुलको विकल्पको रुपमा सो पुल निर्माण गरिएको हो ।

 स्टिल ट्रष्टबाट निर्मित आर्क ब्रिजको सम्पूर्ण काम सम्पन्न भएर सो पुल हुँदै शुक्रबारबाट यातायातका साधन सञ्चालनमा आएको वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले बताए । 

 पोखरा नजिकका ग्रामीण भूगोललाई मुख्य राजमार्ग र शहरसँग जोड्न र यातायातको सम्पर्क स्थापित गर्न पनि पुल निर्माणबाट मद्दत पुगेको छ ।

 यसअघि पृथ्वीचोक र महेन्द्रपुलमा रहेका पुलको क्षमता सवारी चापको तुलनामा कमजोर हुँदा लामो समय ट्राफिक जामको समस्या सर्वसाधारणले भोग्दै आएका थिए ।

यसका साथै सो पुल हुँदै यहाँको मणिपाल शिक्षण अस्पताल पुग्नको लागि समेत सहज बनेको छ भने बजारको ट्राफिक व्यवस्थापनमा पनि सहज हुने विश्वास गरिएको छ । सडक विभागअन्तर्गतको केन्द्रीय पुल महाशाखाको रु ११ करोड २५ लाख लागतमा पुल निर्माण गरिएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजको मौसम : मेघ गर्जनसहित वर्षा हुने 

  • १४ फाल्गुण, २०७६

काठमाडौं । आज (बुधबार) मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ । हाल देशका पूर्वी तथा मध्य भू–भाग नजिक

चिकित्सकहरुले दादागिरी गरे प्रतिकार गर्ने खड्काको चेतावनी 

  • १३ फाल्गुण, २०७६

काठमाडौं । नेपाल जनस्वास्थ्य संघका सचिव तथा हेल्थ असिस्टेन्ट संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले नवनियुक्त्त स्वास्थ्य सेवा बिभागका

प्रहरी समायोजनको प्रक्रिया प्रारम्भ

  • १३ फाल्गुण, २०७६

चितवन । सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु भएको छ । सातै