• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

टी–ट्वान्टी खेलमा आज  मलेसिया र नेपाल भिड्दै

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले घरेलु टोली मलेसियासँग आज (शनिबार) पहिलो टी–ट्वान्टी खेल खेल्दैछ ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली टिम मलेसियामा रहेको छ । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७४५ बजे सुरु हुनेछ ।नेपालले मलेसियासँग आइतबार अन्तिम तथा दोस्रो टी–ट्वान्टी खेल खेल्नेछ । दुई खेलको सिरिजपछि नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्नेछन् ।

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर