• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

शुशिला पौडेलको उपन्यास ‘तृष्णा’ विमोचन

काठमाडौं । गीतकार तथा साहित्यकार शुशिला पौडेलको उपन्यास ‘तृष्णा’ सार्वजनिक भएको छ । राजधानीस्थित आर.आर क्याम्पसको सभा हलमा विभिन्न साहित्यकारहरुको उपस्थितिमा उपन्यास सार्वजनिक गरिएको हो । 

औपचारिक रुपमा आयोजना गरिएको विमोचन कार्यक्रममा सभापतिका रुपमा बरिष्ठ साहित्यकार चुडामणि देवकोटा रहेका थिए भने प्रमुख अतिथिकाे रूपमा  चित्रकर्मी तथा साहित्यकार यादव खरेल थिए । 

त्यसैगरी,  अतिथिका रुपमा गीतकार एस पी कोइराला, आख्यानकार तथा साहित्यकार भोजराज घिमिरे, डा. कृष्णहरी बराल, ज्ञानेन्द्र थापा लगायत चलचित्र गीत तथा साहित्य विद्याका श्रष्टाहरु रहेका थिए । 

तृष्णा के हो र यसमा के कस्ता कमि कमजोरीहरु रहेका छन् भन्ने विषयमा गिता त्रिपाठी, भुवनहरी सिग्देल लगायतका साहित्यकारहरु समिक्षा गरेका थिए । साथै चलचित्रकर्मी तथा साहित्यकार प्रकाश सायमी, विनोद सुवेदी, एस पी कोइराला लगातका ले शुभकामना  दिएका थिए ।

कार्यक्रम समय भन्दा केही ढिलो सुरु भएपनि विमोचनमा विभिन्न विद्याका व्यक्तिहरु पत्रकार तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रमको सुरुवातमा उपन्यासकी लेखिका पौडेलले उपन्यासको महत्व र आवश्यक्ता र उपन्यासको बारेमा जानकारी दिएकी थिइन् । साथै, उनले उपन्यासमा नारी शसक्तिकरण र नारी मनका यौन कुन्ठा उपन्यासमा रहेको बताइन् ।

समिक्षकहरु पालै पालो पुस्तकको समिक्षा गरेका थिएा । नारीवादी उपन्यास भएकाले नारी आवाज त्यो पनि नारीको प्रतिनिधित्व गरेकाले उपन्यास राम्रो रहेको बताएका थिए । आद्ययानमा उनको यो पहिलो प्रयास भएकाले धेरै राम्रो कुरा र अन्य रुपमा कमी कमजोरी रहेको बताएका थिए । युवा पुस्ताले रुचाउने सरल भाषामा लेखिएको उपन्यास तृष्णा एउटा उत्कृष्ट उपन्यास बन्ने समीक्षकहरुले बताएका थिए । 

शिखा पब्लिकेशनले प्रकाशन गरेको उपन्यास तृष्णा नारीवादी उपन्यास हो । यसले आधुनिक नारीका यौन तृष्णालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर