लैङ्गिक संवेदनशिल सम्बन्धि पत्रकारिता तालिम शुरु

सुर्खेत । समाजमा भएको लिङ्गभेद सम्बन्धि दुईदिने तालिम वीरेन्द्रनगरमा सुरु भएको छ । पत्रकारहरुलाई लङ्गिक संवेदनशिल सम्बन्धि ज्ञान दिने उद्देश्उले संचारिका समूह कर्णाली प्रदेशको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा तालिम संचालन भएको हो ।

तालिममा मुख्य प्रशिक्षकको रुपमा वरिष्ठ पत्रकार बबिता बस्नेत लगायत स्थानीय प्रशिक्षकहरु रहेका छन् ।

तालिम उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख मोहनमाया ढकालले लैगिङ्ग विभेदलाई समाचारका माध्यमबाट समाज लिन सकेको खण्डमा सर्वसाधारणहरुमा समेत चेतनाको विकास भई लैगिङ्ग विभेदका घटनामा कमी आउने विश्वास व्यक्त गरे ।

मुख्य प्रशिक्षक बबिता बस्नेतले तालिमका क्रममा लैङ्गिक सामान्य मान्यता भएको बताउँदै जहा महिला र पुरुष बिच सामाजिक लिङ्गभेदको भूमिकामा महिला र पुरुषले गर्दैै आएका व्यवहारहरुको परिवर्तनका लागि रणनैतिक आवश्यकता रहेको बताए । उनले भने– ‘समाजमा भएको पितृसत्तात्मक सोचतको विचारलाई उदाहरण दिएर समान्त र समताको बारेमा स्पष्ट हुन सक्नु पर्दछ ।’

यसैगरी प्रशिक्षक कमल लम्सालले भन्नु भयो द्वन्द्वोत्तर लैगिक सैवेदनशिलता हुने र द्वन्द्वका कारणहरु मानिस अनुसार फरक फरक खालको हुने र त्यसमा पनि सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, वातावरणीय र शत्ति संघर्ष हुने र द्वन्द्वमा महिलाहरु अझ पनि समस्यामा रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर