• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रत्ननगरका पाँच कवि तथा लेखक पुरस्कृत 

रत्ननगर । रत्ननगर नगरपालिकाले पाँच जना कवि तथा लेखकहरुलाई शनिवार सम्मान तथा पुरस्कृत गरेको छ । भानु जयन्तीको अबसर पारेर सो नगरपालिकाले नगर भित्रका पाँच जना कवि सहित संस्थागत रुपमा बाल्मिकी साहित्य सदन चितवनलाई सम्मान तथा पुरस्कृत गरेको हो । 

लामो समय देखि कला तथा साहित्य क्षेत्रमा क्रियाहिल भएर कृति प्रकासन गरेका पाँच जनालाई सम्मान गरिएको पुरस्कार छनौट समितिका सदस्य तिलकराज शर्माले जानकारी दिए । शनिवार रत्ननगरको सभाहलमा आयोजित कार्यक्रममा बरिष्ट साहित्यकार प्रा.डा निर्मोही ब्यास,मेयर नारायण वन र उपमेयर विमला दुवाडीले उनीहरुलाई दोसल्ला सम्मानपत्र र जनही नगर १० हजार सहित सम्मान गरेका थिए । सम्मानित तथा पुरस्कृत हुनेहरुमा इश्वरी ओझा,सुर्य शर्मा,डा.कृष्णप्रसाद पौडेल,लक्ष्मण अर्याल र कलम अर्याल रहेको नगर प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए । 

बाल्मिकी साहित्य सदनलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको उनले जानकारी दिए । कार्यक्रममा कवि तथा साहित्यकार केशवराज आमोदी र कुलप्रसाद लामिछानेले पुरस्कृत भएका कवि तथा लेखकहरुको बारेमा तथा चितवन साहित्य परिषद्का सल्लाहाकार केदार खनालले भानुभक्ता आचार्यको जीवनको विषयमा प्रकास पारेका थिए । सो अबसरमा मेयर नारायण वनले कला र साहित्यको माध्यमबाट रत्ननगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका चिनाउने बताए । चितवनको पर्यटकीय नगरी सौराहा रत्ननगरमा रहेको भन्दै उनले पर्यटन क्षेत्रको विकासको लागि कला र साहित्य क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । 

त्यसका लागि अन्तराष्ट्रिय स्तरका कवि तथा साहित्यकारलाई रत्ननगरमा ल्याएर कार्यक्रम गर्ने योजना रहेको उनले बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले कला,साहित्य,संस्कृति र भाषा संरक्षणमा नगरपालिका गम्भिर रहेको भन्दै त्यसैको शिलशिला बमोजिम कवि तथा लेखकहरुलाई सम्मान गरिएको बताइन । 

यसैबीच भानु जयन्तीको अबसरमा बाल्मिकी साहित्य सदनले चितवनका पाँज जना कवि तथा साहित्यकारलाई सम्मान गरेको छ । सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कवि तथा साहित्यकार रामहरि अर्याल,डा.धनेश्वर भट्टराई,मोदनाथ मरहठ्ठा,लक्ष्मण अर्याल,कमल अर्याललाई सम्मान गरिएको हो । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तथा साहित्यकार तिलकराज शर्माले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेका थिए । 

कार्यक्रममा सदनले प्रकासन गरेको सम्प्रेषण नामक साहित्य पत्रिकाको २३ औं अंक विमोचन गरिएको थियो । कार्यक्रममा लीला दाहाल अधिकारी,सन्ध्या सापकोटा,अम्विका कार्की,रिवाज अर्याल,राजिव पाठक लगायतले रचना बाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर