• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विश्वकप क्रिकेट फाइनल : न्युजिल्यान्डद्धारा इंग्ल्यान्डसामु २४२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । विश्वकप क्रिकेटको उपाधिका लागि अहिले न्युजिल्यान्ड र इंल्यान्ड मैदानमा उत्रिएमा छन् । उपाधि जित्न न्युजिल्यान्डले इंग्ल्यान्डलाई २४२ रनको दिएको छ ।

लन्डनस्थित लर्डसमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्न सफल बन्यो । न्युजिल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान हेनरी निकोल्सले ५५ रनको योगदान दिए भने उनले ७७ बलमा ४ चौका प्रहार गरे ।

ओपनर मार्टिन गुपटिल १९ रनमा आउट भए भने, कप्तान केन विलियमसनले ३० रनको योगदान दिए । रोश टेलर १५ रन बनाएर खेलिरहदा जोन उडको एलबिडब्लुको धरापमा परे ।

जेम्स निसमले २५ बलमा ३ चौकाको मद्दतमा १९ रन र कोलिन डे ग्रान्डहोमले १६ रन जोड । टम लाथम ४७ रन बनाएर आउट भए । त्यस्तै, उनले ५६ बलमा २ चौका र १ छक्का हाने ।

बलिङमा इंग्ल्यान्डका क्रिए ओएक्स र लियाम प्लङ्केटले समान ३(३ विकेट लिए। जोफ्रा आर्चर र मार्क उडले १–१ विकेट हात पारे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर