• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

इंग्ल्यान्डलाई विश्वकप क्रिकेट उपाधि, बराबरीका बाबजुद न्युजिल्यान्ड उपविजेता

काठमाडौं । आइसिसी विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको छ । सुपर ओभरमा न्युजिल्यान्डसँग बराबरी खेले पनि बढी बाउन्ड्री कटाएका आधारमा इंग्ल्यान्ड विजयी भएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । २४२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर खेललाई बराबरीमा ल्याएकोे हो ।

दुवै टोलीले बराबरीको स्कोर बनाएपछि खेल सुपर ओभरमा धकेलियो । सुपर ओभरमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै १५ रन जोड्यो । सुपर ओभरको पहिलो बलमा इंग्ल्यान्डले बेन स्टोक्सको ब्याटिङमा ३ रन जोड्यो । दोस्रो बलमा १ रन जोडेको इंग्ल्यान्डका लागि तेस्रो बलमा स्टोक्सले चौका प्रहार गरे । त्यस्तै, चौथो बलमा स्टोक्सले १ रन जोडे । इंग्ल्यान्डले पाँचौं बलमा बटलरको बलमा २ रन जोड्यो भने अन्तिम बलमा बटलरले चौका प्रहार गरेका थिए ।

न्युजिल्यान्डका लागि सुपर ओभरमा मार्टिन गुप्टिल र जिमी निसमले ब्याटिङ गरेका थिए । न्युजिल्यान्डले पहिलो बलमा जोफ्रा आर्चरको बलमा वाइडस्वरुप १ रन बोनस पायो । त्यसपछिको बलमा न्युजिल्यान्डले २ रन जोड्यो भने ओभरको दोस्रो बलमा जिमी निसिमले छक्का प्रहार गरे । त्यस्तै, तेस्रो र चौथो बलमा समान २ रन जोडेको न्युजिल्यान्डले चौथो बलमा १ रन मात्र लियो । अन्तिम बलमा १ रन लिएपछि दोस्रो रन लिने क्रममा निसिम रनआउट भए ।

इंग्ल्यान्ड र न्युजिल्यान्डले यसअघि विश्वकप क्रिकेट जितेका थिएनन् । इंग्ल्यान्डले २७ वर्षपछि फाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्डको एकदिवसीय विश्वकप क्रिकेटमा इतिहास रच्न सफल भएको छ ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर