हकभन्दा बढी हकप्रदमा आवेदन दिन पाइने

काठमाडौ । लगानीकर्ताहरुले आफ्नो हकभन्दा बढी हकप्रद सेयरमा आवेदन दिन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सार्वजानिक गरेको आगामी आर्थिक वर्ष २०७६७७ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । 

बोर्डले ल्याएको ७३ बुँदे नीति तथा कार्यक्रमको पाँचौं नम्बर बुँदामा यस्तो उल्लेख गरिएको छ । 'हकप्रद सेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरी शीघ्र कार्यान्वयनमा ल्याउने ।' उक्त ५ नम्बर बुँदामा उल्लेख छ । 

बोर्डका प्रवक्ता निरज गिरीले अन्तराष्ट्रिय सिस्टमका आधारमा यस्तो व्यवस्था ल्याइएको बताए । उनले भने, 'राइट सेयरलाई हस्तान्तरण गर्ने साथै एक्जिस्टिङ सेयर होल्डरले आवेदन दिने गरी ल्याइएको हो ।' 

इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बोर्डले ल्याएको यो व्यवस्था सकारात्मक रहेको प्रतिक्रिया दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर