धितोपत्र बोर्डको ७३  बुँदे नीति कार्यक्रम, कार्यान्वयन हुनेमा ढुक्क छैनन् लगानीकर्ता

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच बोर्डले आउँदो वर्षका लागि ७३ बुँदे नीति कार्यक्रम सार्वजानिक गरेको हो । 

बोर्डले सार्वजानिक गरेको नीति तथा कार्यक्रममा नयाँ भन्दा अधिकांश पुरानै कुरा दोहोरिएका छन् । धितोपत्र बोर्डले यसअघि पनि निकै चर्चामा रहेको नयाँ स्टक एक्सचेञ्ज खोल्ने प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउने घोषणा गरेको छ । सार्वजानिक नीति तथा कार्यक्रमको तेस्रो बुँदामा भनिएको छ , 'नेप्सेको संस्थागत सुधारका साथसाथै निजी क्षेत्रमा अर्को स्टक एकसचेञ्ज स्थापना गर्न दिने नीतिगत व्यवस्था भए अनुसार यस कार्यलाई अगाडि बढाउने ।

त्यस्तै नेपाल धितोपत्र बोर्डले सेयरहरुको बीमा गर्ने घोषणा गरेको छ ।  बोर्डले अगामी आवको नीति तथा कार्यक्रमको बुँदा नम्बर दशमा केन्द्रीय निक्षेप कम्पनीमा अभौतिकृत रुपमा रहेका निश्चित सीमासम्मको सेयरहरुको बीमा गर्नका लागि सहजीकरण गर्ने उल्लेख छ । बोर्डका न अध्यक्ष डा रेवत बहादुर कार्कीले समष्टिगत बजार सुधार तथा विकास कार्यक्रम अन्तर्गत बीमाको अवधारण ल्याइएको बताए । 

त्यस्तै लगानीकर्ताहरुले आफ्नो हकभन्दा बढी हकप्रद सेयरमा आवेदन दिन पाउने व्यवस्था पनि बोर्डले गरेको छ । 'हकप्रद सेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरी शीघ्र कार्यान्वयनमा ल्याउने ।' नीति तथा कार्यक्रमको ५ नम्बर बुँदामा उल्लेख छ । बोर्डका प्रवक्ता निरज गिरीले अन्तराष्ट्रिय सिस्टमका आधारमा यस्तो व्यवस्था ल्याइएको बताए । 

यसैगरी, धितोपत्र बोर्डले उत्पादन मुलक कम्पनीलाई सेयर बजारमा भित्राउनको लागि सहुलियत दरमा ऋण प्रवाह गराई थप प्रोत्साहन गर्ने समेत बताएको छ । 'नेपाल सरकारले कर छुटमार्फत उत्पादनमुलक कम्पनीहरुलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहन गरेको परिप्रेक्ष्यमा यस्ता कम्पनीहरुलाई सहुलियत दरमा ऋण प्रवाह गराई थप प्रोत्साहको व्यवस्था  गर्ने ।' नीति तथा कार्यक्रमको बुँदा नम्बर ११ मा उल्लेख छ । 

बोर्डले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रो देखिएपनि कार्यान्वयन हुनेमा सेयर लगानीकर्ता भने विश्वस्त देखिएका छैनन् । इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बोर्डले ल्याएका कार्यान्वयन हुन्छ नै भन्नेमा विश्वस्त हुन नसकिने बताए । यद्यपी बोर्डले अहिले जल्दो बल्दो रुपमा उठेको बैंक तथा वित्तीय संस्थाको मर्जरको विषयमा नीति तथा कार्यक्रमले समेट्न नसकेको बताए । 'मर्जर वा एक्विजिशनका विषयमा नीतिले समेट्न सकेको छैन् । यो अहिलेको जल्दोबल्दो विषय हो । उनले भने, 'राष्ट्र बैंकले बिग मर्जरको विषय ल्याएको छ । यसको प्रत्यक्ष प्रभाव बजारमा पर्ने देखिन्छ । तर बोर्डले ल्याएको नीति तथा कार्यक्रममा कुनै सम्बोधन भएको छैन् ।' 

त्यस्तै नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले नीति तथा कार्यक्रम समग्रमा सुन्दा राम्रै रहेको बताए । 'सेयर बजारलाई प्रत्यक्ष असर पर्ने बैंक तथा वित्तीय संस्थाहरुको सेयर बुक भ्यालुभन्दा तल आए भनेसंस्थाले नै किन्ने व्यवस्था गरियोस भन्ने माग गरेका थियौं । त्यो चाँही परको छैन् ।' उनले भने, 'त्यसले सेयर बजारलाई निकै ठूलो टेवा दिन्थ्यो । उक्त विषयमा हामी धितोपत्र बोर्डसँग कुरा गर्छौं । त्यस्तै सैद्धान्तिक रुपमा लेखेर मात्रै नभई कार्यान्वयनमा आउनु पर्ने उनको भनाई छ ।' 

यता, नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले विगतका तुलनामा धितोपत्र बोर्डले बजार विकासका लागि निकै राम्रो काम गरेको बताइन । आज ल्याएको नीति तथा कार्यक्रमले ल्याएको समग्र पक्ष राम्रो रहेको साथै लगानीकर्तालाई पूँजी बजारबारे जानकारी गराउने विषय भने नसमेटिएको बताइन । 

बोर्डले ल्याएको नीति तथा कार्यक्रमले मर्जरको विषय छोएन, एक दुई दिनमा हामी बोर्डसँग कुरा गर्छौ - छोटेलाल रौनियार  

हकभन्दा बढी हकप्रदमा आवेदन दिन पाइने

धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर