• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वीपि कोइरालाका स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपतिसहित ८ विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति सहित ८ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा पूर्व उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दासविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानासहित बिगो रकम असुलको मागदाबी सहित मुद्दा दर्ता गरेको हो। प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐन विपरीत बदनियतपूर्वक गैरकानुनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध सोमबार विशेष अदालतमा मुद्धा दर्ता गरेको अख्तियारका प्रवक्ता प्र्रदीप कोईरालाले जानकारी दिए ।

अख्तियारले सबैभन्दा बढी पूर्व उपकुलपति दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख गरेको छ । त्यसपछि अस्पतालका तत्कालिन निर्देशक अरविन्द कुमार सिन्हादे ३ करोड ७५ लाख ३० हजार ६ सय १९, रजिष्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय पाँच, लेखा प्रमुख दिनेश राज दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९, डेपुटी म्यानेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको उल्लेख छ ।

विशेष अदालतमा दर्ता भएको अभियोग पत्रमा भनिएको छ, कम बोलपत्रको पत्र स्वीकृत नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा संझौता गरी भुक्तानी समेत दिइ तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (विपि दास)ले ४ करोड आठ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसा र  तत्कालीन अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाले ३ करोड ७५ लाख तीस हजार ६ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा र तत्कालीन रजिष्टार नन्दकुमार थापाले १ करोड ९६ लाख ९ हजार आठ सय ८० रुपैया र रजिष्टार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार चार सय पाँच रुपयाँ अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी पु¥याएको उल्लेख छ ।

यस्तै, उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्राली र वायोमेड इन्टरनेसनलका प्रोपाइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्विकेम डिस्टिव्युटर्सका प्रोपाइटर उमेश अग्रवालले जनही १ करोड ४ लाख र ६० लाख ३७ हजार रकम भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर