• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

न्यायपालिकाको पञ्चवर्षीय योजनाको खाका तयार

काठमाडौं । सर्वोच्च अदालतले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको अन्तिम खाका तय गरेको छ। योजना ६ महिनादेखि तयार भइरहेको थियो। 

साउन १ मा लागू हुने बृहत् रणनीतिक योजनाको खाका असार ३१ गते सार्वजनिक गर्न लागेको छ। तेस्रो रणनीतिक योजनाको अवधि पूरा भएकाले चौथो योजना लागू हुन लागेको हो। 

भोलि सर्वोच्च अदालतले एक कार्यक्रम गरि सार्वजनिक गर्न लागेको छ ।

नयाँ रणनीतिक योजना फैसला कार्यान्वयन, सूचना सञ्जाल र पुराना बक्यौता मुद्दामा केन्द्रित छ। न्यायिक जनआस्था अभिवृद्धि, न्यायमा पहुँच, मुद्दा तथा अदालत व्यवस्थापन, गुणस्तरीय न्यायजस्ता विषय योजनाको केन्द्रमा राखिएको छ। मुख्य र सहायक रणनीति तय गरी लागू हुनासाथ कार्यान्वयन गर्ने सर्वोच्चको तयारी छ। 

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले योजना लागू हुने अन्तिम चरणमा पुगेको बताए। ‘असार ३१ गते नै योजना सार्वजनिक गर्ने तयारीमा छौं। अहिलेको योजना फरक प्रकृतिको छ’, उनले भने, ‘फैसला कार्यान्वयन, बक्यौता मुद्दा र छिटो न्याय दिन सूचना प्रविधि विस्तारमा फोकस गरिएको छ।’

उनका अनुसार ‘डीसीएम’ पद्धतीमार्फत वैज्ञानिक सुनुवाइका लागि फरक मुद्दामा फरक व्यवस्था लागू गरिनेछ। योजनापूर्व सबै प्रदेशमा विज्ञ र सरोकारवालाको सुझाव संकलन गरिएको थियो। 

न्यायिक प्रक्रियालाई अनुमानयोग्य र पहुँचयोग्य बनाउनेलगायत ४ मूल लक्ष्य, १७ मूल रणनीतिक उपाय र ९ सहायक रणनीति निर्धारण गरेको छ। अदालतको भौतिक संरचना सुविधाजनक बनाउने लक्ष्यसमेत छ। न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने, न्याय प्रशासन सरल, मितव्ययी र प्रभावकारी बनाइने योजनामा उल्लेख छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर