अब घोडा चढेर काँग्रेविहार घुम्न पाईन्छ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको नेपालको एक मात्र संरक्षित वन काँक्रेविहार अव घोडा चढेर घुम्न पाइने भएको छ ।

आज (सोमवार) देखि वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयले काँक्रेविहारमा घोडाबाट काँक्रेविहार घुम्न सकिने व्यवस्थाको शुरुवात गरेको हो ।

घोडा सवार कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले वडाको यो कार्य सह्रानिय काम भएको उल्लेख गर्दै अब सबै मिलेर काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न पहल थाल्नुपर्ने बताए ।

उनले वडाको घोडा सवार कार्यक्रम पर्यटकहरुकालागि आकर्षणको केन्द्र भएको बताउँदै घोडा व्यवस्थापन समितिलाई पर्यटकहरुको सेवामा ईमान्दारिता पूर्वक काम गर्न अनुरोध गरे ।

अहिले २ वटा घोडाले काँक्रेविहारको विभिन्न स्थानमा सशुल्क घुम्ने व्यवस्था मिलाएको छ । आवश्यकता अनुसार व्यवस्थपन समितिले घोडा थप गर्ने छ ।

पर्यटक आएपछि केवल काँक्रेविहारको भग्नावशेष मात्र हेर्ने गरेकोको मा अव घोडा सवारबाट जंगलसफारी पनि गर्न सकिने छ । घोडा सवार कार्यक्रमले यूवाहरुमा रोजगार पनि हुने र पर्यटकहरुलाई काँक्रेविहार घुम्न सहज पनि हुनेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर