अन्तत : शिल्पाले दिइन् डिभाेर्स, लगत्तै छविले लेखे यस्तो स्टाटस

काठमाडौं । छवि र  शिल्पा सम्बन्ध चिसिएको केही दिनपछि शिल्पा एक अन्तरवार्तामा देखिईन । त्यस अन्तरबार्तामा शिल्पा लगभग अन्तरबार्ता भरिनै रोईन । उनले आफ्नो पीडा सबै पोखिन । उनी बारम्बार अन्तरबार्ता भरी नै म कति पीडामा छु त्यो मलाई मात्र थाहा छ भन्दै थिइन् । 

उनका अनुसार उनी धेरै समय देखि पीडामा थिइन् ।  झगडामा  कानको जाली फुट्ने गरि हानेको आरोप छवि माथी छ । छवि भने यो कुरालाई स्विकार्दैनन तर शिल्पालाई डाक्टरले केही दिन स्पिकर बजेको स्थान नजिक नबस्न सुझाव दिएका छन । उनले अन्तरबार्तामा आफुले डिर्भोस दिएको समेत खुलाएकी छन् । 

निर्माता ओझाको छवी पछिल्लो समय धुमलिएको छ । उनको छवि फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो । यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ । यही विषयलाई लिएर छवि ले प्रहरीमा गएर शिल्पाल्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, मिलापत्र भए पनि छवि र  शिल्पा यतिवेला सँगै थिएनन् । उनीहरु अलग अलग बस्दै आएका थिए । ।

यस बिषयमा शिल्पाको अन्तरबार्ता आएको केही समय पछाडि नै छविले आफ्नो फेसबुक मार्फत शिल्पालाई सम्बोधन गर्दै एउटा लामो स्टाटस लेखेका छन ।

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं  छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।

अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर