प्रदेश २ का मन्त्रीहरूले बाढीपीडितलाई एक महिनाको तलब दिने

राहत आपूर्तिका लागि प्रमुख सचिवको संयोजकत्वमा समिति गठन 

जनकपुरधाम । अविरल वर्षा र बाढीबाट प्रभावित परिवारको राहतका लागि प्रदेश २ का मन्त्रीहरूले एक महिनाको तलब दिने भएका छन् । 

प्रदेश २ मन्त्रिपरिषद्को बैठकले राहत, उद्धार तथा पुनःस्थापना तीव्र बनाउने निर्णय गर्दै एक महिनाबराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो । यसका साथै मन्त्रिपरिषद्ले साउन १ देखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यलाई आ–आफ्नो क्षेत्रमा गई राहत कार्यमा जुट्न आग्रह गरेको छ । 

बाढीबाट प्रभावित परिवारलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समितिसमेत गठन गरेको हो । समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षणसमेत गर्नेछ । 

प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमनसमेत सोही समितिले गर्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर