दुई वर्ष अघिको २ सय ५० माग्दा ज्यानै गयो 

जनकपुरधाम । जम्मा २ सय ५० । त्यो पनि आफ्नै । त्यही पैसा लिनका लागि ताकेता गर्दा महोत्तरीमा एक महिलाले ज्यान गुमाएकी छिन् । सुन्दा अचम्म लाग्न सक्छ । 

महोत्तरीको सम्सि गाउँपालिकामा यस्तै घटना घटेको छ । दुई वर्षअघि भैसिंको दुध दिएवापतको २ सय ५० रुपैंया लिन जाँदा ३५ वर्षिय रिनादेवी चौधरीले ज्यान गुमाएकी छिन् । छिमेकी राजेश ठाकुरसंग दु्ध खाएवापतको पैसा लिनका लागि ताकेता गरेका कारण उनको हत्या गरिएको खुलेको छ । 

मृतक रिना देवीको अन्दाजी १४ वर्षिय छोरा सुरज चौधरीले भने ‘आमाले दुधको पैसा माग्दा केहि साता अघि छिमेकी राजेशले आमालाई निर्घात रुपमा कुटेका थिए, दुधको पैसा माग्दा किन ताकेता गरिस् भन्दै निहुँ खोज्दै निर्मम तरिकाले कुटपिट गरेपछि आमालाई तत्कालै स्थानीय अस्पताल देखि विभिन्न ठाउँमा उपचार पश्चात विराटनगर रेफर गरेको थियो । त्यस पश्चात उनको ज्यान गयो ।’ 

असार २० गते दिउसो रिनाले छिमेकी राजेश ठाकुरलाई आवश्यक काम परेको भन्दै घरमै गएर २ सय ५० रुपैयाको ताकेता गरिन् । मेरो घरमा किन आइस् ताकेता गर्न भन्दै निहुँ खोज्न थाले र जथाभावी कुटपिट गरे । श्रीमान् दयाराम चौधरी मलेसीयामा रोजगारीमा छन् । १ छोरा र ३ छोरीहरु विद्यालयमा पढ्न गएकाले रिनाको घरमा कोहि थिएनन् । रिना कुटिएको थाहा पाएपछि परिवारजनले तत्कालै स्थानीय स्वास्थ्य चौकी, रामगोपालपुर स्थित स्वास्थ्य चौकी तथा जलेश्वर अस्पतालमा समेत लगियो । यता कुटिपिटको विषयमा जलेश्वर स्थित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा समेत उजुरी दिएको ७० वर्षिय जोगिन्द्र चौधरीले बताए । 

तर जलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि रिनालाई उपचारको लागि विराटनगर स्थित अस्पतालमा उपचारका लागि रेफर गरिएको थियो । कुटपिटबाट रिनाको शरिर पूर्णरुपमा थला परेको थियो । रिनाको तिघ्रा, ढाड, पिठ्यू र टाउकोमा चोट लागेको थियो । 

विराटनगरमै उपचारको क्रममा मृत्यु भएपछि बर्दिवास स्थित ईलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि जनकपुर अंचल अस्पतालमा शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । 

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै केही प्रतिक्रिया दिन मिल्ने जनाएको छ । पिडक छिमेकी राजेश ठाकुरले रिनाको मृत्यू भएको थाहा पाएलगत्तै घरबाट फरार भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर