• शनिबार ८-७-२०७६/Saturday 11-23-2019/ 04:51 am

कालीगण्डकीमा स्टिमर सेवा स्थगित

पर्वत । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्थगित भएको हो ।

यातायात सेवा स्थगित भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित बनेका छन् । व्यावसायिक रुपमा १९ वर्षदेखि स्टिमर सञ्चालन भएपछि स्याङ्जा, पर्वत र गुल्मीका विभिन्न गाविसका बासिन्दाले नौ महीनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षात्को समयमा भने तीन महीना अवरुद्ध हुने गरेको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका–६ साविकको शालीग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करीब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ । 

यातायात अवरुद्ध हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता भएको छ । हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका स्थानीयवासी यातायात अवरुद्ध हुँदा खच्चरमार्फत महँगो शुल्कमा ढुवानी गर्न बाध्य बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । 

विसं २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको स्थानीयले बताए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्ने गरेको विहादी गाउँपालिका–६ शालीग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताए । कालीगण्डकी जल यातायात समितिमार्फत दैनिक १० वटा स्टीमर सञ्चालन गरिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मुख्यमन्त्री शाहीको निर्देशन–‘कागजमा समय खेर फाल्ने होईन, परिणाममुखी काम गर्नुस’

  • ६ मङ्सिर, २०७६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले योजना कार्यान्वयनलाई तिव्र वनाउन निर्देशन दिएका छन् । शुक्रवार भौतिक पुर्वाधार

जनकपुरमा विवाहपञ्चमीको भव्य तयारी, भारतका गृहमन्त्री र मुख्यमन्त्रीलाई आमन्त्रण

  • ६ मङ्सिर, २०७६

जनकपुरधाम । मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सवहरु मध्येको एक विवाहपञ्चमी नजिकिदै गर्दा तयारी तीव्र रुपमा अगाडी बढाइएको छ ।  मंसिर शुक्ल पञ्चमीका

देउडा पर्व मनाउन कर्णालीमा साउन १ गते सार्वजनिक विदा

  • ६ मङ्सिर, २०७६

सुर्खेत । कर्णाली प्रदेश सरकारले भाद्र ४ गते प्रदेश स्थपना तथा शहिद दिवस मनाउने भएको छ । प्रदेश घोषणा गर्दा कर्णाली प्रदेशलाई सुदूरपश्चिममा मिसाउने