• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

पथरी दुर्घटनामा थप एकजनाको उपचारका क्रममा मृत्यु [अपडेट]

मोरङ । मोरङको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय भने अझै खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीका अनुसार उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्याइएका एक घाइतेको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–शनिश्चरे बजारमा यात्रुबाहक बस र पिकअप भ्यान आपसमा ठोकिँदा दुर्घटना भएको हो । सो दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको थियो । अर्का एक घाइतेको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको हो । अन्य १७ जना घाइते भएका छन् ।

कानेपोखरीबाट काँकडभिट्टा जाँदै गरेको को१ख ४८४२ नम्बरको बस विपरीत दिशाबाट आइरहेको मे१च ५३९१ नम्बरको पिकअपलाई जोगाउन खोज्दा बीच सडकमा पल्टिएको थियो । गम्भीर घाइते कानेपोखरी–३ का पाँचवर्षीय बालक श्रवण दाहाल र सोही ठाउँका अन्दाजी वर्ष ३२ का टीकाराम थापा र हल्दीबारी झापाका वर्ष २४ का पिकअपका चालक नवीन आचार्यको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ ।

त्यसैगरी, घाइते हुनेहरूमा मोरङ उर्लाबारीकी १३ वर्षीया अस्मिता खतिवडा, वर्ष ६ की अविना खतिवडा, दमककी १३ वर्षीया प्रविना भट्टराई, उर्लाबारी–५ की इन्द्रमाया गुरुङ, अर्जुनधारा झापाका अभिषेक कार्की, कानेपोखरी–३ का चित्र दहाल, सोही ठाउँका निर्मल गिरी, श्याम कार्की, मदनकुमारी चापागाई, कानेपोखरी–३ का ५६ वर्षीय मित्र दाहाल, सुकदेव धिमाल, झापा बिर्तामोडका जीवन बराइली, प्रेम कार्की र हल्दीबारी झापाका वर्ष २२ का पिकअपका सहचालक टेकबहादुर भुसाल रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर