• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजको राशिफलः शुक्रबार तपाईको आज


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा सफलता पाइनेछ । अतिथिको रूपमा सत्कार पाइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको धन पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामान हराउने वा चोरी हुने भयछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।
 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पदोन्नतीको सम्भावना प्रवलछ । नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । परिवारिक सद्भाव बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अचल सम्पत्ति हात पर्ने योगछ । आर्थिक वृद्धि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुव्ने भयछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त संग भेट घाट हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर