• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

धनगढी विष्फोटमा घाइते मध्ये एककाे मृत्यु

कैलाली – कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिए । 

बिष्फोटमा कम्मर पछाडिको भाग गुमाएका सिंहलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने भएपनि बाहिर लैजान नसकेपछि उनको धनगढीस्थित माया मेट्रो अस्पतालमै उपचारका क्रममा राति सवा ११ बजे मृत्यु भएको हो ।

सिंह बझाङका स्थायी बासिन्दा हुन् । उनी बिहीवार साँझ धनगढीमा भएको बिष्फोटनमा परी घाईते भएका थिए । बिष्फोटबाट राम सिंहको पछाडिको भागमा निकै चोट लागेको थियो । उझोला भिरेका थिए । त्यही झोलाभित्र रहेको बम भित्तामा अडेस लगाउदा प्रेसरले पडकिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बम बिष्फोटमा परी घाईते भएका चार जनाको भने माया मेट्रो अस्पतालमै उपचार भईरहेको छ ।

विष्फोटमा घाइते भएका अन्यको उपचार भइरहेको छ । बिहीबार साँझ शहीदगेट नजिकैकौ निलम होटलमा विष्फोट हुँदा पाँच जना घाइते भएका थिए ।

विस्फोटमा परी घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला छन् ।

घटनास्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख गिरीले मृत्यु भएका सिंह र घाइते सेरेला विप्लव माओवादीका लडाकु नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर