• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

जिम्बावेमाथि आईसीसीको निलम्बन

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेमाथि निलम्बन लगाएको छ । बिहीबार लन्डनमा बसेको  आईसीसी बैठकले जिम्बावेलाई निलम्बन लगाउने निर्णय गरेको हो ।
सरकारी हस्तक्षेप,राजनीतिक कारण  र आईसीसीको २।४ धारा विपरित काम गरेको भन्दै जिम्बावेलाई निलम्बन लगाएको हो । यो सँगै अक्टोबरमा यूएईमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न पाउने संभावना न्युन रहेको बताईएको छ । 

आईसीसीको बैठकले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवाका बिषयमा छलफल गरेन । २०७३ वैशाख १३ गते देखि क्यानमा  सरकारी हस्तक्षेप लगायतका कारण देखाउँदै  आईसीसीले निलम्बन गरेको थियो । निलम्बनपछि नेपालले  आईसीसीको रेखदेखमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर